तेस्रो एपिक नेपाल म्युजीक अवार्डका उत्कृष्ट ५ मनोनयनलाई प्रमाणपत्र वितरण

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

तेस्रो एपिक नेपाल म्युजीक अवार्ड २०७८ का उत्कृष्ट ५ मनोनयनहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । यसबर्षका लागी भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकार्य गरेको तेस्रो एपिक नेपाल म्युजीक अवार्डका ३२ बिधाका सम्पुर्ण मनोनयनलाई प्रमाणपत्र वितरण गरिएको हो । कार्यक्रम शनिबार भक्तपुरको पर्यटकियस्थल मध्यपुर थिमी नगरपालिकाको कुमारीपार्क परिसरमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख मदन सुन्दर श्रेष्ठले नेपाल कला क्षेत्रसँग जोडिन पाउँदा खुसी लागेको बताउनु भयो । श्रेष्ठले मध्यपुर थिमि भित्रका पुरातात्विक बस्तु, संस्कृति जगेर्ना गर्ने उद्धेश्यले नगरपालिकाले अवार्डसँग सहकार्य अगाडी बढाएको बताउनु भएको थियो । आयोजक संस्थाकी अध्यक्ष बबिता श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले सहकार्य गर्ने इच्छा ब्यक्त गरेकोमा नगरप्रमुख श्रेष्ठलाई धन्यवाद ब्यक्त गर्नुभयो ।

साथै आउँदो मंसिर ११ गते हुन गइरहेको अवार्ड समारोह भब्य रुपले सम्पन्न हुने जानकारी गराउनु भयो ।  अवार्ड समारोह मध्यपुर थिमि नगरपालिका वडा नं. ८ बोडे स्थित कुमारी पार्कमै हुने जानकारी गराइयो ।

महजोडीलाई लाईफटाईम पराजुलीलाई पत्रकारीता सम्मान

साथै कार्यक्रममा बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई लाईफटाईम अचिभमेन्ट सम्मान प्रदान गरिने घोषणा गरियो ।  यस्तै नेपाली कला क्षेत्रमा लामो समयदेखी पत्रकारिताको माध्यमबाट योगदान पुर्याउनु भएका रंग पत्रकार जीवन पराजुलीलाई कला पत्रकारिता सम्मान प्रदान गरिने घोषणा गरियो । यी सम्मान अवार्ड समारोहमा प्रदान गरिनेछ ।