अनिताको ‘भैलेनी’ गीतमा ११ जनाको स्वर

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

गायिका अनिता चलाउनेले नयाँ तिहार गीत सार्वजनिक गर्नुभएको छ । ‘भैलेनी’ बोलको गीतमा ११ जनाको स्वर राखिएको छ । शनिबार युट्युवमार्फत सार्वजनिक उक्त गीतमा अनितासँगै  रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, एन्जिला रेग्मी, मेलिना मैनाली, बुद्ध लामा, रवि ओड, चक्र बम, योगेश काजी र श्रीकृष्ण बम मल्लको स्वर छ ।  श्रीकृष्ण बम मल्लको शब्द, संगीत रहेको गीतलाई योगेश काजीले एरेन्ज गर्नुभएको हो ।

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा गायक गायिका स्वयंमका साथमा स्मारिका ढकाल, समारिका ढकाल, एरोना मल्ल लगायतका कलाकारहरुको अभिनय छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । गीत र भिडियोमा तिहारको उमंगलाई प्रस्तुत गरिएको छ ।

अनिताले आफ्नो गीतबारे बोल्दै तिहारमा यस गीतलाई दर्शकले बिशेष रुपमा लिने बताउनु भयो । दाजु बहिनी र दिदी भाईको पर्व तिहारको कोसेलीको रुपमा सम्पुर्ण नेपालीका लागी समर्पण गरेको अनिताको भनाई छ ।