नुवाकोटका ५० अशक्तलाई राहत सामग्री

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नुवाकोटको पुर्वी भेगमा रहेको लिखु गाउंपालिकामा रहेका फरक क्षमता भएका अशक्तहरुलाई तिहारको सन्दर्भमा चामल तथा अन्य खाद्य सामग्रीहरु प्रदान गरिएको छ । लिखु गापाको डुंडेवगैचामा सोमवार सो गापाका ५० जना अशक्तहरुलाई एक वोरा चामलका साथै दाल, चिउरा, तेल, चिनी, चियापत्ति वितरण गरिएको हो । लुम्विनी विकास वैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जुनकिरी म्युजिक प्रालिको समन्वयमा उपलव्ध गराइएको खाद्य सामग्रीहरु अशक्तहरुलाई कार्यक्रमका वीच वितरण गरिएको हो ।

उपलव्ध खाद्य सामग्रीहरु अशक्तहरुलाई लिखु गापाका अध्यक्ष ध्रुव श्रेष्ठ, वागमति प्रदेश सभा सदस्य कल्पना नेपाली, लुम्विनी विकास वैंक ढिकुरे शाखाका प्रवन्धक सुर्यकुमार पण्डित, सहयोगी जुनकिरी म्युजिक प्रालिकी निर्देशक तथा गायिका सरु थापा, लिखु गापाका कार्यकारी अधिकृत भीमवहादुर रोक्कालगायतले हस्तान्तरण गरेका हुन् । अशक्तलाई खाद्यान्नलगायतका सामग्री वितरण गर्दै लिखु गापाका अध्यक्ष ध्रुव श्रेष्ठले सहयोगी संस्थाहरुलाई आभार व्यक्त गर्दै गापाले पनि अशक्तहरुको उत्थानका लागि विशेष कार्यक्रम ल्याउने वताए ।

कार्यक्रममा लुम्विनी विकास वैंक ढिकुरे शाखाका प्रवन्धक सुर्यकुमार पण्डितले वैंकले गापामा रहेका अशक्तहरुलाई सहयोग गर्न पाउनु एउटा सुनौलो अवसर भएको र आगामी दिनमा अन्य सहयोग पर्ने गर्ने वताए । कार्यक्रमकी संयोजक जुनकिरी म्युजिक प्रालिकी निर्देशक तथा गायिका सरु थापाले आफ्नो संयोजनमा सानो सहयोग गर्न पाउंदा निकै खुसी लागेको र अशक्तहरुको सम्मानका लागि अन्य कार्यक्रमहरु पनि जारी राख्ने प्रतिवद्धता जनाइन् ।