इङ्नामलाई मदन पुरस्कार, थापालाई जगदम्बाश्री

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

मदन पुरस्कार गुठीले बुधबार एक बिशेष समारोहका बिभिन्न ब्यक्तित्वलाई पुरस्कार वितरण गरेको छ । समारोहमा लेखक भगिराज इङ्नामलाई मदन पुरस्कार र नृत्यशास्त्री भैरवबहादुर थापालाई जगदम्बाश्री सम्मान प्रदान गरियो ।

लेखक इङ्नामलाई लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि २०७७ सालको मदन पुरस्कार र नृत्यशास्त्री थापालाई २०७७ सालको जगदम्बा–श्री सम्मान प्रदान गरेको हो । दुवै जनालाई गुठीका अध्यक्ष कुन्द दीक्षितले सम्मान र पुरस्कार दिएर सम्मान गर्नुभयो ।

लेखक इङ्नामको अनुसन्धानमूलक पुस्तक ‘लिम्बूवानको ऐतिहासिक दस्ताबेज संग्रह संवत् १७१९–२०२०’ का लागि पुरस्कार दिइएको हो । गुठी अध्यक्ष दीक्षितले इङ्नामको कृतिले नेपाल बुझ्ने फरक सामग्री दिएको बताउनु भयो । जगदम्बाश्री ग्रहण गर्नुभएका नृत्यशास्त्री थापाले ६ दशकभन्दा बढी नेपाली नृत्यमा योगदान दिनु भएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ ।

समारोहमा ऋतु संस्कृतिबारे इतिहासकार गौतमव्रज वज्राचार्यले अमेरिकाबाट भर्चुअल रूपमा विद्वत् प्रवचन प्रस्तुत गर्नुभएको थियो ।