म यस्तो गीत गाउँछु २ सोनाम ल्छोहारमा हेर्न पाइने

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नेपाली चलचित्र क्षेत्र बिस्तारै उकालो लाग्ने देखिएको छ । बलिउड चलचित्र ‘सूर्यवंशी’ले हलमा दर्शक भरिभराउ रुपमा तानेपछि नेपाली निर्माताहरुपनि प्रदर्शन मिति तोक्न अघि बढेको देखिन्छ ।

यसैक्रममा कोरोनाका कारण रिलिज हुन नपाएको अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘म यस्तो गीत गाउँछु २’ ले आउँदो माघ १९ गते (सोनाम ल्छोहार) लाई प्रदर्शन मिति घोषणा गरेको छ । चलचित्रको प्रदर्शन मिति घोषणा गर्दै निर्देशक सुदर्शन थापाले फेसबुकमा लेख्नुभएको छ, ‘कुनै एक फिल्ममा मात्र नभइ पुरै नेपाली फिल्म क्षेत्र नै चलायमान हुनु अहिलेको आवश्यकता हो । सोही उद्देश्यका साथ नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ यहि वर्षको माघ १९ प्रदर्शन गरिने निर्णय गरेको छौं ।’ यसअघि २०७६ को फागुन ३० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो ।

चलचित्रमा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ । शिवम अधिकारी र दिनेश न्यौपानेले चलचित्रको कथा लेख्नुभएको हो । पूजा र सुदर्शनले मिलेर निर्माण गरेको फिल्मको सह–निर्माता जन्मजय साम्पाङ राई हुनुहुन्छ । चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ ।