शिशिर योगीको नयाँ गीत ‘यो कस्तो जमाना’लाई सकारात्मक प्रतिक्रिया (भिडियो)

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

लोकप्रिय गायक शिशिर योगीको नयाँ गीत 'यो कस्तो जमाना' सार्वजनिक गरिएको छ । चारदिन अघि सार्वजनिक यस गीत शिशिरकै युट्युवमार्फत सार्वजनिक गरिएको हो । भिडियोका लागी आएका प्रतिक्रियाबाट शिशिर खुसी छन् । सकारात्मक प्रतिक्रियाले आफूलाई खुसी बनाएको शिशिरले बताएका छन् ।

गीतमा पछिल्लो समय नेपालको अवस्था र प्रवृतिलाई उठाइएको छ । देशको निति नियमसँगै हरेक ठाउँमा लापरबाही भइरहेको गीतले बताउँछ । गीतमा पुरुषोत्तम अधिकारीको शब्द छन् भने शिशिरकै संगीत छ । गीतको भिडियोमा पनि शिशिरलाई नै देख्न सकिन्छ । भिडियोको बिरेन्द्र भाट (विपिन)ले निर्देशन तथा सम्पादन गरेका हुन् ।

युट्युवमा भिडियो हेरिसक्नेपछि रामहरी नाम गरेका एक दर्शकले लेख्छन्, 'शुरुमा रमाइलो छ भने तर सुन्दै जाँदा त निक्कै मार्मिक र अर्थपुर्ण रहेछ बधाई छ यस्ता समाजमा घटिरहने तथ्य घटनाहरु चित्रण गरि गीत मार्फत समाज परिबर्तन गर्न योगदान पुर्याउनुहुने तपाईं गायक शिशिर सर र शब्द रचना तथा संगीतकार र समस्त समूह प्रति नमन छ जयहोस ।' यस्तै अर्का दर्शक दीपक पुडासैनी लेख्छन्, 'सामाजिक घटना लाई समेटेर बनाउनुभएको हजुरको सुन्दर म्युजिक भिडियोलाई मनैदेखि सम्मान्का साथ सफलताको लागि कामना गर्दछु ।'