मनुको उपन्यास ‘पीडाको पोखरी’ बिमोचीत

गोपिकृष्ण चापागाईं/ मंसिर, काठमाडौं ।

मनु वाँठा मगर लिखित उपन्यास ‘पीडाको पोखरी’ बिमोचन गरिएको छ । बिहीबार काठमाडौंमा आयोजीत एक कार्यक्रममा उपन्याससँगै मनु लिखित कौडा गीत ‘जोवन बैना देऊ’को पनि सार्वजनिक गरियो ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय गानका गीतकार ब्याकुल माइलासँगै उपस्थित अतिथिले संयुक्तरुपमा उपन्यास र गीतको सार्वजनिक गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथि माइलाले उपन्यास लेख्नेकाम गाह्रो काम भएको र त्यसका लागी मनुजीले प्रयास गरेर बिमोचन गर्न आफूलाई निम्ता दिएकोमा धन्यवाद सँगै खुसी ब्यक्त गर्नुभयो । साथै उहाँले आफूलाई उपन्यास पढ्न निकै मनपर्ने तर अहिलेसम्म लेख्ने आँट नगरेको सुनाउनुभयो । ‘मैले धेरै गीतहरु लेखेँ तर उपन्यास लेख्न सकेको छैन, आफैमा यो गाह्रो काम हो ।’ माइलाले भन्नुभयो ।

‘लेखिका मनुजीलाई बधाईसँग शुभकामना दिन चाहान्छु ।’ साथै उहाँले सार्वजनिक कौडा गीत ‘जोवन बैना देऊ’को भिडियो प्रिमियरमा हेरिसकेपछि नेपाली सँस्कृतिलाई जोगाउनका लागी गरेको प्रयासको प्रसंशा गर्नुभयो । उहाँले अघि भन्नुभयो, ‘नेपाली लोक भाकामा हाम्रो माटोको सुगन्ध हुन्छ । कौडागीतलाई पनि त्यसरी नै बुझ्छु । कौडागीतले पनि सँस्कृति बोकेको हुन्छ ।’

सहयात्री दर्पण नेपालबाट प्रकाशित उपन्यासबारे कार्यक्रममा सहभागी समालोचकहरुले समिक्षा गर्नुभयो । समालोचक राज कुमार बाँनिया, महेश पौडेल लगायतले उपन्यासबारे चर्चा गर्नुभयो । लेखिका मनुले लामो समयदेखी उपन्यास सार्वजनिक गर्ने तयारीमा भइरहदा बिभिन्न कारणले रोकिएको र अहिले सम्भव भएको सुनाउनुभयो । साथै उपन्यास सार्वजनिक गर्ने समयसम्म सहयोग गर्ने सहयोगीहरुलाई सम्झिनुभयो । मनुले अहिलेसम्म ३३ वटा गीत लेखिसक्नुभएको छ भने ‘पीडाको पोखरी’ उपन्यास उहाँको पहिलो हो । मनुका अनुसार अन्य तीनवटा उपन्यासको पाण्डुलिपि तयार गरिसक्नुभएको छ ।

सार्वजनिक कौडा गीतमा गायक दुर्लभ जेठामन र तारा सिरिस मगरको स्वर रहेको छ । मनुले लेख्नुभएको गीतमा गायक दुर्लभले नै संगीत भर्नुभएको छ । गीतको भिडियो केशु पुन मगरले निर्देशन गर्नुभएको हो । कार्यक्रममा उपस्थित अतिथि कलाकार गायक योगेश काजीले पछिल्लो समय नेपाली सँस्कृतिलाई भुलेर टिकटक, फेसबुक, युट्युवका लागी केन्द्रित गीतले मात्र स्थान पाइरहेका बेला सँस्कृति झल्किने कौडा गीत बनाएकोमा टिमलाई शुभकामना दिनुभयो । मनुद्धारा लिखित अर्को गीत चौतारीमा पिपलु छाँया पनि यहि मंसिर अन्तिममा सार्वजनिक गर्ने तयारी भएको बताइयो ।