युरोप र युएसमा नेपाली कलाकारको साथमा म्युजिकल टुर हुने

आर्टिष्ट खबर/ मंसिर, काठमाडौँ ।

नेपाली कलाकारहरुको साथमा युरोपसँगै युएसका बिभिन्न ठाउँमा 'पिस एन्ड युनिटी अ म्युजिकल टुर २०२२' हुने भएको छ । बिहिबार राजधानिमा एक पत्रकार सम्मेलनका बिच टुर हुने कुराको जानकारी गराइयो ।

२०१९ मा यो टुर एक पटक भएको थियो । हरेक वर्ष गरिने भनिएको टुर त्यसपछी भने कोरोनाका कारण हुन सकेको थिएन । २०१९ मा सुगम पोखरेल, वर्षा राउत र तृष्णा गुरुङले युरोपका विभिन्न देशमा आफ्नो प्रस्तुती दिएका थिए । तर, यो पटक भने गायकहरु संजय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्रधानसंगै गायिकाद्वय मेलिना राई र तृष्णा गुरुङ पनि विभिन्न देशमा जानेछन् ।

एप्रीलबाट जुनसम्म हुने यो टुरको सुरुवात जापानबाट हुने पिस एण्ड युनिटिका अध्यक्ष मनिष श्रेष्ठले बताए । जुनमा युरोपका केही देश र जुलाइमा युएसएमा कार्यक्रम भएपछी यो टुरको समाप्ती हुनेछ । जापान, युरोप र युएसएको विभिन्न ठाउँहरुमा कार्यक्रम हुने अध्यक्ष श्रेष्ठले बताए ।

जे होस, यो टुरका लागि संजय श्रेष्ठ, दीपक बज्राचार्य, एड्रीन प्राधन, मेलिना राई र तृष्णा गुरुङ न्युनतम पारीश्रमिकमा सहमत भएको कार्यक्रमका आयोजक किरण श्रेष्ठले जानकारी गराए । कार्यक्रममा बोल्दै उनले भने, 'टुरबाट भएको नाफाको ८०५ रकम पिस एण्ड ब्युटिफुल चिल्ड्रेन वेलफेयर नामक संस्थालाई च्यारीटी गरिने भएकाले कलाकारहरुले कम पारीश्रमिकमा आफ्नो प्रस्तुति दिन तयार भएका हुन् ।'

च्यारीटिका लागि आयोजना भएको कार्यक्रममा आफू सहभागी हुन पाउँदा निकै खुसी लागेको सबै गायक गायिकाले बताए ।