पुस २ गतेबाट रिलिज हुने ‘चपली हाइट ३’ सेन्सर पास

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

आउँदो शुक्रबार पुस २ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली चलचित्र 'चपली हाइट ३' सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले शुक्रबार चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट दिएको हो । १६ वर्ष मुनिका दर्शकका लागि अभिभावकको साथमा रहने गरी चलचित्र प्रदर्शनको अनुमति मिलेको हो ।

अर्जुन कुमारको निर्माण एवं निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको हो । चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।