गायकद्धय कविन्द्र र सञ्जय राप्रपामा प्रवेश

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नेपाली गीतसंगीतका दुई गायकहरू कविन्द्र श्रेष्ठ र सञ्जय श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टि (राप्रपा)मा प्रवेश गर्नुभएको छ । उहाहरूलाई पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गर्नुभयो । ०७० को निर्वाचनमा काठमाडौँ–६ मा तत्कालीन राप्रपा नेपालका उम्मेदवार रहनु भएका सञ्जय पछिल्लो समय निष्क्रिय रहेकामा फेरि पार्टी प्रवेश गरेर सक्रिय हुन लाग्नुभएको हो ।

यसै गरी दशक अघिका युवापुस्ता माझ लोकप्रिय गायक कविन्द्र श्रेष्ठ पनि आजै राप्रपामा प्रवेश गर्नुभएको गायक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले कलाकारिता सँगै समाजसेवा र राजनितिमा पनि सक्रिए हुने बताउनुभएको छ ।

बुढानीलकण्ठकी समाजसेवी झुमा तिम्सिना पनि राप्रपाको कार्यालय आफै खोज्दै आएर राप्रपामा सक्रिय हुने घोषणा गरेको उहाँले बताउनुभयो ।  विगतमा राप्रपामा रहेर विभिन्न कारणले निष्क्रिय रहेका देशभक्त राष्ट्रवादी नेता कार्यकर्तालाई पार्टीमा फर्किइ पुनः सक्रिय रहन अध्यक्ष लिङ्देनको अपिल गर्नुभएको छ ।