सरलाको शब्दमा प्रमोद खरेलको स्वर

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नयाँ गीत बिदेश सार्वजनिक गरिएको छ । रचनाकार सरला श्रेष्ठको शब्द रहेको गीतमा कृति न्यौपानेको संगीत रहेको छ भने लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको छ ।   जिविकोपार्जनको लागि कर्म गर्न विदेशिन बाध्य एक युवकले मातृभुमी सम्झेर व्यक्त गरेका भावहरु श्रेष्ठले शब्द मार्फत गीतमा उतारेकी छन् ।

पछिल्लो समय सरला र कृतिको सहकार्यमा सार्वजनिक गीतहरु संगीतप्रेमीहरुको मन जित्न सफल छन् । यो गीतमा पुरुषोत्तम सुवेदीको एरेञ्ज छ ।

सुब्रतराज आचार्यको निर्देशनमा तयार गीतको भिडियोमा अभिनेता पल शाह फिचर्ड छन् । पलसँगै भिडियोभित्र सुवर्णजंग श्रेष्ठ र तुलसीदेवी श्रेष्ठको विशेष उपस्थिति देख्न सकिन्छ । विकास दाहालले सम्पादन गरेको भिडियोमा छायांकन उत्सव दाहालको छ । आइतबार सार्वजनिक गीतले इनिसियल फेजमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ ।