अस्मिताको स्वरमा फिल्मीगीत रेकर्ड

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

मधुसुदन भट्टराईले निर्देशन गर्ने भनिएको नयाँ चलचित्र ‘हामी तीन भाई’का लागी गीत रेकर्डिङ गरिएको छ । साप शक्तिको संगीत रहेको गीतमा लोकप्रिय गायिका अस्मिता अधिकारी स्वर रहेको छ भने अस्मितालाई संगीतकार शक्तिले पनि स्वरमा साथ दिनुभएको छ ।

ए प्लस स्टुडियोमा रेकडिङ्ग गरिएको गीतलाई महाराज थापाले एरेञ्ज गर्नुभएको हो । चलचित्रका विशेष सहायोगीमा शम्भु कुमार केसी हुनुहुन्छ । चलचित्रमा कलाकारहरु सलोन बस्नेत, जाहन्वी बस्नेत, शिशिर राणा, विकाश चापागाई, दिक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपाने लगायतको अभिनय रहने बताइएको छ । प्रसिद्धि सिने आर्टसको व्यानरमा निर्माण हुने चलचित्रका प्रस्तुतकर्ता साजित महत हुनुहुन्छ ।

विक्रम तामाङ कार्यकारी निर्माता रहेको चलचित्रमा हिमाल केसीको द्धन्द्व निर्देशन, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, सुलभ मणि सापकोटा गीत रचना र मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ । पारिवारिक प्रेम कथामा आधारित रहने चलचित्रको मुख्य सहायक निर्देशक विनय पौडेल र रामजी राउत हुनुहुन्छ ।