‘पर्पला’ फर्स्ट लुक सार्वजनिक

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

नयाँ चलचित्र 'पर्पला'को फस्र्ट लुक सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको सिड्नीमा नेपाली थ्रिलर हरर सिनेमा ‘पर्पला’ को निर्माण गरिएको हो। अष्ट्रेलियामा बस्ने नेपालीहरुकै जीवनमा घटेका बिभिन्न घटनाक्रमहरुबाट प्रभावित भएर यस सिनेमाको लेखन तथा निर्माण गरेको कुरा लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए।

हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित नेपाली फिल्मको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा रहेको र दोस्रो चरणको छायाँकन छिट्टै गरेर सिनेमालाई बजारमा ल्याउने निर्माण पक्षले बताएको छ।

निर्माता तथा कलाकार भानु प्रतापले अस्ट्र्लिया बसाइको क्रममा त्यहाँको टिमसंग मिलेर चलचित्र ‘पर्पला’को निर्माण गरेका हुन् । उनले निर्माण गरेको पछील्लो चलचित्र ‘लाल्टिन’ पछी अस्ट्रेलियामा बसोबास गर्दै आएकाउनले यो बिचमा म्युजिक भिडियो, शर्ट मुभी निर्माण साथै नेपाली चलचित्रहरुको अस्ट्रेलियामा प्रदर्शन गर्दै आएका छन् ।

अष्ट्रेलिया बसेर नेपाली फिल्मको निर्माण र प्रबर्धनमा एक दशक देखी निरन्तर लागि परेका मनोज अधिकारी ‘पर्पला’ फिल्मका लेखक तथा निर्देसक हुन् ।  पर्पला फिल्मका मुख्य अभिनेता पुकार गौतम रहेका छन् ।  यस्तै चलचित्रकी मुख्य नायिका निखिला बुढाथोकी हुन् ।

आरकेएस अस्ट्रेलिया,ओएमजी इन्टरटेन्टमेन्ट र ग्रीन हिल्स इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता भानु प्रताप ढकाल हुन्। अस्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले छायाँकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन्। रबिन्द्र कुमार शर्मा,डम्बर बहादुर रसाइली,छबी अधिकारी सरोज कुमार वाइबा निर्माता रहेका छन्। सरस्वती गौतम,शृजना ल्वागुन,भिम राज रसाइली,वचन कुमार मल्ल चलचित्रको सह निर्माता रहेका छन्।