अमेरिकी हास्य कलाकार बबको शव होटलमा भेटियो

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

चर्चित अमेरिकी हास्य कलाकार बब सेगेटको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ । उहाको शव होटलमा भेटिएको थियो । यद्यपी उहाको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ । बब सेगेटको मृत्युको खबरले उहाका फ्यानहरू स्तब्ध भएका छन् र सामाजिक सञ्जालमा उहाको कमेडीका क्लिप सेयर गरेर सम्झिरहेका छन् ।

घटनास्थलमा कुनै शंकास्पद वस्तु नभेटिएको घटनाको अनुसन्धान गरिरहेका अधिकारीहरुले बताएका छन् । जसले हत्या वा जबरजस्ती संकेत गर्न सक्छ । होटलको कोठाबाट पनि कुनै प्रकारको लागुऔषध बरामद भएको छैन । आइतबार साँझ ४ बजे होटलका कर्मचारीले बब सेगेटको शव फेला पारेका थिए ।

बब फुल हाउस टिभी शो बाट चर्चित हुनुहुन्छ । जुन सन् १८८७ देखी १९९५ सम्म प्रसारण भएको थियो । उहाले यो शो मार्फत करोडौं दर्शकको मन जित्नुभयो । उहाले धेरै टेलिभिजन कार्यक्रमहरू पनि होस्ट गर्नुभएको छ ।  बबको जन्म १७ मे १९५६ मा अमेरिकामा भएको थियो । उहाँले सन् २०१४ मा आफ्नो पुस्तक  ुडर्टी ड्याडीु पनि सार्वजनिक गर्नुभएको थियो ।