बराल र गुरुङलाई ‘प्रतिभा पुरस्कार’ घोषणा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

बेलायतस्थित नेपाली प्रतिभा प्रतिष्ठानले सन् २०२१ का लागि वरिष्ठ गीतकार प्रा.डा. कृष्णहरि बराललाई ‘प्रतिभा सम्मान’ तथा संगीतकार गणेश गुरुङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको भर्चुअल बैठकले प्रतिभा सम्मानकासाथ ५० हजार नगद राशी तथा प्रतिभा पुरस्कारकासाथ १ लाख नगद राशि प्रदान गर्ने जनाएको छ । २०१० सालमा सिन्धुलीको हतपतेमा जन्मिनु भएका डा. बराल गीत तथा गजल लेखनमा सक्रिय हुनुहुन्छ । उहाका सैयौँ गीतहरू लोकप्रिय छन् ।

२०३० मा पाचँथरको रानीटारमा जन्मिनु भएका गणेश गुरुङले २०४७ सालदेखि रेडियो नेपालबाट गायन सुरु गर्नुभएको हो । १ सयभन्दा बढी गीतमा संगीत संयोजन गरिसक्नु भएका उहाले संगीत सिर्जनाकासाथै संगीत प्रशिक्षणसमेत दिँदै आउनु भएको छ ।

सन् २००८ मा बेलायतमा स्थापित यस संस्थाबाट हालसम्म स्व. ईश्वर मानन्धर, स्व. अम्बर गुरुङ, जीवी लुगुन, भक्तराज आचार्य, प्रा.डा. गोविन्दराज भट्टराई, बूँद राना, टेकवीर मुखिया, प्रद्युम्न श्रेष्ठ (सिक्किम) र भागीरथी श्रेष्ठ, वेणु आचार्य, दावा ग्याल्मो (दार्जिलिङ) का साथै गोपाल पराजुली र डा. राजेन्द्र विमललाई प्रतिभा सम्मानबाट सम्मानित गरिसकेको छ ।

‘प्रतिभा पुरस्कार’बाट हालसम्म नवीन विभास, कुवेर राई, उपेन्द्र सुब्बा, श्रवण मुकारुङ, मोमिला जोशी, राजकुमार दिक्पाल, भूपाल राई, बीबी अनुरागी, टीका चाम्लिङ, फूलमान वल, बलराम अधिकारी, शुभ मुकारुङ र विमला तुम्खेवा पुरस्कृत भइसकेको विज्ञप्तिमा जनाइएको छ ।