दुर्गेश थापाको नयाँ गीत ‘पैसा’को टिजर सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ माघ, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक तथा मोडल दुर्गेश थापाको ‘पैसा’ बोलको नयाँ गीत आउने क्रममा छ । केहि दिन अघिमात्रै छायांकन सकिएको उक्त गीतको टिजर सार्वजनिक भएको छ । दुर्गेशको आफ्नो युट्युव च्यानल ‘डि सिरिज’बाट बुधबार टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक १९ सेकेन्डको टिजरमा पैसाको बिचमा दुर्गेश र युवतीहरु नाचिरहेका छन् ।&nbsp;</p><p style="text-align: justify; ">गीतमा लय, शब्द र स्वर दुर्गेशकै रहेको छ भने सहस शाक्यको एरेन्ज रहेको छ । भिडियोमा दुर्गेशसँगै चाँदनी सिलियाको साथमा अन्य युवतीहरुको नृत्य देख्न सकिनेछ । रुपेश थापाको निर्देशन रहेको भिडियो रुपेशले नै खिचेका हुन् । भिडियोमा मिलन विश्वकर्माको सम्पादन रहेको छ । भिडियो यहि माघ १४ गते रिलिज गर्ने तयारी गरिएको दुर्गेशले बताएका छन् ।&nbsp;&nbsp;दुर्गेशका अनुसार गीतमा पैसाका कारण नेपालमा हुने बेथितीलाइृ उठाइएको छ ।</p><pre style="text-align: justify; "><b>Teaser:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/kDQ-dhaEOBY" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre><p style="text-align: justify; "><br></p>