आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

आफूलाई स्टेज पर्फमर भन्ने तर निरन्तर गीत गाइरहने कलाकार दुर्गेश थापा आफू विवादमा पर्दा खासै आत्तिनुहुन्न । उहाँले आफूले गाएका प्राय गीतहरु विवादमै पर्ने गरेका छन् । गीतमा प्रयोग भएका शब्द र भिडियोमा देखाइने दृश्यका कारण दुर्गेशका गीतहरु विवादमा पर्ने गर्छन् ।

दुर्गेशले आफ्नो गीत विवादमै ल्याउने चाहाने उहा निकट केहि कलाकार तथा पत्रकारले पनि सुनाउदै आएका छन् । गीत विवादमा आएपछि युट्युवमा भ्युज धेरै जाने र गीतले चर्चा कमाउने दुर्गेशको धारणा छ, त्यसैले पनि कुनै न कुनै कारणले गीत विवादमा आवस् भन्ने चाहानुहुन्छ । यसैक्रममा दुर्गेशले शुक्रबार आफ्नै लय, शब्द र स्वरमा रहेको ‘पैसा’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । जुन गीतमा पनि आपत्तिजनक शब्द प्रयोग गरिएको छ । केहि महिना अघिदेखीको तयारीका साथ दुर्गेशले आफ्नो युट्युव ‘डिसिरिज’मार्फत सार्वजनिक गर्नुभएको गीतमा समाजमा अपाच्य शब्द प्रयोग गरिएको छ । जसले गर्दा यो गीले दुर्गेशलाई फेरी विवादमा ल्याउन सक्ने देखिन्छ ।

दुर्गेशले गीतमार्फत पैसाले देश ध्वस्त बनाएको सन्देश दिन खोजेको बताउनुभएको छ । तर गीतको बिचबिचमा प्रयोग भएका केहि अपाच्य शब्दले परिवारसँग बसेर हेर्न र सुन्न नमिल्ने देखिन्छ । भिडियोमा पनि पैसालाई ‘बेड’भरी छरेर युवतीहरुलाई नचाइएको छ । सँगै दुर्गेश पनि नाच्नुभएको छ । भिडियोलाई रुपेश थापाले निर्देशन गरेका हुन् ।

दुर्गेशले भिडियो युट्युवमा अपलोड गर्दै ‘कमेन्ट पिनटप’ गर्दै लेख्नुभएको छ, ‘नयाँ गित पैसा लिएर आएको छु । बिगतका गीतहरुलाई जस्तै यो गितलाई पनि उतिकै माया गरिदिनुहुने छ भन्ने पुर्ण बिश्वास लिएको छु । टिकटक बनाउनुहोस मन खोलेर, लाइक, कमेन्ट शेयर गर्न पनि नभुल्नु होला ।’ भिडियो हेरिसकेपछि दर्शकले दिएको प्रतिक्रियामा अधिकांश सकारात्मक प्रतिक्रिया नै छन् ।

केहिसमय अघि सार्वजनिक दुर्गेशको ‘बहिस्कार’ गीतको समयमा गीतलाई विवादमै ल्याउनका लागी केहि सञ्चारकर्मिलाई आग्रह गरेको बुझिएको छ । उहाँ निकट एक सञ्चारकर्मिले भन्नुभएको छ, ‘ दुर्गेशले गीत हिट हुन्छ भनेर विवाद आउने खालको समाचार लेखिदिन आग्रह गर्छन् । उनलाई गीत विवादमा आउँदा टेन्सन भन्दा पनि खुसी लाग्छ सायद ।’

दुर्गेशले आफूले गाएको गीतबाट प्रसंशा पाउदै नपाउनुभएको भने होइन । ‘बिच्च बिच्चमा’बोलको तीजगीतबाट उहाँको प्रसंशा भएको थियो । दिदीबहिनीसँगै दाजुभाईले पनि तीजपर्व मनाउनु पर्छ भन्ने आशयले बनाइएको गीतबाट निकै चर्चा कमाउनुभयो । उक्त गीतबाट दुर्गेशले फर्केर हेर्नुपरेको छैन । उहाँलाई स्टेज कार्यक्रममा भ्याई नभ्याई भयो । महिनामा २५ दिनसम्म पनि स्टेजमा ब्यस्त भएको दुर्गेशले अन्तर्वार्ताहरुमा बताउदै पनि आउनुभएको छ । तर पछि सार्वजनिक गीतहरु प्राय सबैजसो विवादमा परे । उहाँलाई तिहार गीत ‘डन आयो डन’ले प्रहरीको ढोकासम्म पु¥याएको थियो ।

‘बीच्च बीच्चमा’ गीत विवादमा आएसँगै उहाले तीजलक्षित गीत ‘बीच्च बीच्चमा २’ र ‘बीच्च बीच्चमा ३’ पनि सार्वजनिक गर्नुभयो । यी दुवै गीतबाट पनि उहाको आलोचना भयो । एकगीतमा अर्को गीतबाट एकलाइक कपि गरेको कारण आलोचना खेप्नुप¥यो भने अर्कोमा भिडियोमा समावेश गरिएका दृश्यका कारण आलोचना भयो ।

दुर्गेश गीतका कारण मात्र होइन, अन्तर्वार्तामा बोल्ने क्रममा पनि आलोचित हुँदै आउनुभएको छ । गीतबाट आएको आलोचनाबाट धेरै तनावमा नरहेपनि दुर्गेश एक टेलिभिजनको अन्तर्वार्ताको क्रममा आलोचित बनेपछि बढी तनावमा हुनुहुन्थ्यो । दुर्गेशलाई स्वरसम्राट नारायण गोपाललाई सम्झेर एउटा गीत गाउन आग्रह गर्दा उहाले भक्तराज आचार्यको र यम बरालको भन्दै रामकृष्ण ढकालको गीत गाइदिएपछि संगीतको बिषयमा केहिपनि नजानेको भन्दै दर्शकस्रोताबाटै आलोचीत बन्नुपरेको थियो ।

दुर्गेशको स्टेजमा गीत गाउने शैलीका कारण पनि मेला महोत्सवका आयोजनले उहाँलाई निम्ता दिने गर्छन् । दर्शकलाई कसरी मनोरन्जन दिने भन्ने ज्ञान भएका दुर्गेशले महोत्सवका आयोजकलाई भने आफ्नो पोल्टामा पार्ने गर्नुहुन्छ । अथार्त मिठो बोलीबचनका कारण पनि आयोजकसँग नजिक हुने गर्नुहुन्छ ।

(समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)