बन्यो साइन्स फिक्सन वेब सिरिज

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

साइन्स फिक्सन वेब सिरिज ‘माइ वाइफ इज एन एलियन’को छायांकन सकिएको छ । शुक्रबार राजधानीमा इन्डक्ल्याप गरिएको यो वेब सिरिजलाई नमस्ते टाकिज र सिनेमा हबको व्यानरबाट निर्माण गरिएको हो भने प्रस्तुतकर्ता प्रज्ञा जोशी हुनुहुन्छ ।

वेब सिरिजमा नीर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारको अभिनय रहेको छ । सुमित सिंहको निर्देशन रहेको वेब सिरिजको निर्माता दिनेश श्रेष्ठ हुनुहुन्छ । वेब सिरिजको लेखक सुमित सिंह र राजन महर्जन हुनुहुन्छ ।

साइन्स फिक्सन वेब सिरिजमा बालकलाकार प्रिया वाइवा, गुष्मा मोक्तान, सिजन पन्ती, युकी उलकको समेत अभिनय रहेको छ । आरजे सिंह कार्यकारी निर्माता रहेको सिरिजको छायांकन, सम्पादन र भिएफएक्स जोन राईको छ । सिरिजमा विकास चौधरीको संगीत, निर्देशक सिंहको कविता र गीत रचना, प्रिया नगरकोटी र सञ्जु ढकालको मेकअप र हेयर डिजाइन, सरोज दाहालको मुख्य सहायक निर्देशन र इश्वर घिमिरेको व्यवस्थापन छ । वेब सिरिज पाँच भाग निर्माण गरिएको छ ।

यही टिमको सहकार्यमा बन्ने चलचित्र ‘सुपर धने’को पनि घोषणा गरिएको छ । अर्को वर्षको कार्तिक अर्थात नोभेम्बरबाट फिल्मको छायांकन थालिने निर्माण पक्षले जनाएको छ । हाल स्कृप्ट लेखन कार्य भैरहेको निर्माण टिमले जानकारी दिएको छ । चलचित्रको छायांकन नेपाल र युरोपमा गरिनेछ ।