फेरी बलिउड चलचित्रमा देखिदै सुनिल

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

कलाकार सुनिल थापा फेरि एकपटक बलिउड चलचित्रमा काम गर्ने हुनुभएको छ । उहा बलिउड फिल्म ‘काजी’ मा देखिन लाग्नुभएको हो । चलचित्रको सुटिङ अहिले भइरहेको बताइएको छ । त्यसैका लागि सुनिल अहिले मुम्बईमा हुनुहुन्छ ।

‘काजी’ अभिनयका लागि मुम्बई पुग्नु भएका कारण सुलिनले नेपाली फिल्म ‘लाखे’ छाड्नु भएको थियो ।

अभिनेता सुनिलले पनि अहिले आफू बलिउड फिल्म अभिनय गरेको बताउनु भएको छ । चलचित्रको  बिषयमा भने उहाले बिस्तृत विवरण अहिले सार्वजनिक गर्न नमिल्ने बताउनु भएको छ । केही अगाडि सुनिलले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण हुने चलचित्र ‘क्वाथा’ गर्ने चर्चा समेत चलेको थियो । सो समय ‘क्वाथा’ चलचित्र अभिनयका लागि आफुलाई अफर आएको सुनिल आफैले सार्वजनिक गर्नुभएको थियो ।

सुनिलले केही पहिले बलिउड फिल्म ‘मेरी कोम’ पनि अभिनय गर्नुभएको थियो ।