भारी बोक्ने मजदुरको कथामा बनेको ‘भरिया’ सिरिज प्रसारणमा

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नेपाली मौलिक कथामा निर्माण भएको युट्युव सिरिज 'भरिया' प्रसारणमा आएको छ । पुस्कर ढुंगेलको निर्देशन तथा लेखनमा तयार भएको 'भरिया'मा मजदुरको कथा उठान गरिएको छ । सिरिजको आज (सोमबार)बाट पहिलो भाग प्रसारण गरिएको छ । 'भरिया अफिसियल' युट्युव च्यानलबाट सुरु गरिएको यस सिरिजमा देशभक्त खनाल, रश्मि भट्ट लगायतका लोकप्रिय कलाकारको मुख्य अभिनय रहेको छ ।

'यो हाम्रो समाज कथा नै कथाले भरिएको छ । बिशेष गरी काठमाडौं शहर भित्रको मजदुरका कथा निकै पिडादायिक छ । तिनै मिहिनती मजदुरको कथालाई भरियामा उठान गरेका छौं', निर्देशक ढुंगेलले भने । 'आफ्नो जिविको पार्जन गर्नका लागी दैनिक भारी बोक्ने मजदुरको दैनिकी नै भरियामा देख्न पाइनेछ ।'

सोनम ूराजनेवाूले सम्पादन गरेको भरियाका कार्यकारी निर्माता प्रेम नूवाकोटी रहेका छन् भने नवराज खड्का छायांकार हुन् । यसैगरी दिनेश दर्जीले कुशल व्यवस्थापकको जिम्मेवारी निर्वाह गरेका छन् भने महेश जंग थापाले सहायक निर्देशक हुन् ।

भरियामा देशभक्त खनाल र रश्मि भट्टको साथमा प्रविन खत्री, महेश थापा, नवीन आचार्य, कृष्ण कार्की, बिबीका दहाल, डबल बुढाथोकी, कबिता कटुवाल,दिनेश दर्जी लगायतका कलाकारको अभिनय रहेको छ ।