हनी थेरापी एन्ड वेयल केयर उद्घाटन

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

काठमाडौंको सोल्टीमोड स्थित सोल्टी होटलको प्रवेश द्धारसँगै ‘हनी थेरापी एन्ड वेयल केयर ब्युटी सलुन’ खुलेको छ । बिगत एक दशकदेखि व्युटिसियनको रुपमा सक्रिय तथा थोरापिष्ट रन्जु थापाले यो ब्युटी सलुन सञ्चालनमा ल्याउनु भएको हो । जैविक महबाट मालिस गरेर तौल घटाउनुका साथै नशा र मान्सपेसीको समस्यालाई मुक्तपार्न यो पार्लर खोलिएको हो ।

रोज सिप विकाश तालिम केन्द्रकी अध्यक्ष एवम् बरिष्ट ब्युटिसियन सोनी कारंजितले आईतबार श्रीपन्चमीको अबसर पारेर यो थेरापी तथा ब्युटी सुलनको रिवन काटेर उद्घाटन गर्नुभएको हो । नेपालमै उत्पादिक जैविक महबाट रन्जुले थेरापी गरेर नशा र मासपेसीको समस्या निराकरण गर्नुले यो सेवा धेरैका लागि उपयोगी हुने विश्वास सोनी कारँजितले व्यक्त गर्नुभयो ।

रन्जुकी थोपारी टिचर तथा रोज सिप विकाश तालिम केन्द्रकी म्यानेजिङ डिरेक्टर परिषी कारँजितले कार्यक्रममा बोल्दै हनी थेरापीका फाईदाहरुबारे कार्यक्रममा प्रकाश पार्नुभयो ।  कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं रिजन चेयर पर्सन रेश्मा श्रेष्ठ, लायन्स क्बल अफ काठमाडौं आधारकी अध्यक्ष ग्याल्मो बुढाथोकी शेर्पाले रञ्जुलाई यो नयाँ ब्युटी पार्लर तथा थोरापी व्यबसायको लागि शुभकामना दिनुभयो ।

नेपालमै महबाट सम्पूर्ण कस्मेटिक र विभिन्न औषधी जन्य सामग्री निर्माण गर्दै आएको एपी लाईफबाट थेरापी सम्बन्धि पूर्ण प्रशिक्षण लिएपछि आफुले यो थेरापी एन्ड वेयल सेन्टर सुरु गरेको रन्जुले जानकारी गराउनुभयो । महबाट मसाजसँगै ब्युटिसियन सम्बन्धि सम्पूर्ण सुविधा आफुहरुले प्रदान गर्ने पनि उहाले बताउनुभयो ।

यस्तै डा. सरोज लामिछाने, एपि लाईफका ओम पुन, टेक गुरुङले महबाट उत्पादित आफुहरुको सामग्रीले स्वास्थ्य रहन पर्ने प्रभावबारे कार्यक्रममा प्रकाश पार्नुभयो । कार्यक्रममा एन्फाका उपाध्यक्ष सुन्दर थापा, सञ्चारकर्मी, गायिका तथा मोडल सरिता भारती, ब्युटिसियनहरु मिना पौडेल, सृजना कुँवर, नविन अधिकारी, गीता मगरलगायतले पनि रन्जुलाई शुभकामना दिनुभयो ।