नाम समावेश भएपछि अन्जुले धन्यवाद दिइन्

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

डेढ दशक अघि गायिका अन्जु पन्तको स्वरमा सार्वजनिक भएको ‘न बिर्सेँ तिमीलाई…’ गीत अहिले नवगायिका रचना रिमालले गाएपछि आएका बिभिन्न टिकाटिप्पणी पछि उक्त गीतको भिडियोमा अन्जु पन्तको पनि नाम राखिएको छ ।

यो सँगै गायिका अन्जुले गीतकार विपीन किरणसहित ‘न बिर्सेँ तिमीलाई…’ टिमलाई धन्यवाद दिनु भएको छ । हालै रिलिज भर्सनमा आफूलाई पनि क्रेडिट दिइएपछि उहाले धन्यवाद भन्नुभएको हो ।

अन्जुले लेख्नुभएको छ, ‘न बिर्सेँ तिमीलाई… गजलका गजलकार विपीन किरणलगायत टिमलाई धेरै धन्यवाद । मानिसबाट कहिलेकाहीँ जान अन्जानमा भुल हुन्छ, यस्तै भुलबाट नै सुधार गर्दै र सिक्दै जाने हो, हामी सबैले,” अञ्जु लेख्छिन्, “विपीन भाइसँगको बातचितपछि सम्पूर्ण स्रोता–दर्शकको माया र भावनाको कदर गर्दै नयाँ भर्सनमा यस गजलका ओरिजिनल सिंगरको नाम र लिंक समेत राख्नुभएको छ, यो तपाईंको कदम प्रशंसनीय छ । भविष्यमा हामी सबै मिलेर नेपाली गीत–संगीतको उन्नतिका लागि हातेमालो गर्नुपर्छ र गर्ने नै छौँ । फेरि पनि रचना (रिमाल) नानुलाई धेरै माया र आर्शीवाद ।’

केहि दिन अघि सार्वजनिक गरिएको गायिका रचनाको स्वरमा रहेको उक्त गीतको भिडियोमा कतैपनि ओरिजिनल गीतका गायक र गायिकालाई क्रेडिट दिइएको थिएन । गीतकार किरणले उक्त  गीत रचनाको आवाजमा रि–रेकर्ड गराउने बिषयमा अन्जुसँग छलफल भएको बताउनु भएको थियो ।  तर किरणको दाबी खण्डन गर्दै अन्जुले छलफल भएको तर आफ्नै आवाजमा रि–रेकर्डिङ गराउने कुरा भएको बताएपछि यसमा अनेक टीकाटिप्पणी भएको थियो ।

अन्जुको उक्त भनाइपछि नयाँ भर्सनमा ओरिजिनल गीतका गायक–गायिकाको नाम समावेश हुनुपर्ने दबाब बढेको थियो । त्यसपछि गीतकार किरणले रचनाको भर्सनमा ओरिजिनल भर्सनका गायक–गायिकाको नाम समावेश गर्दै पुरानो गीतको लिंक पनि सेयर गर्नुभएको छ ।

०६४ मा ‘किरण’ एल्बममा समावेश यो गजलमा गायिका पन्त र गायक जगदीश समालले आवाज भर्नुभएको थियो ।