अस्ट्रेलिया जान प्रमोट गर्दै अनमोल

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

कुनै पनि संघसंस्थाले आफ्नो बस्तु तथा सेवाको प्रचार गर्नका लागी कलाकारहरुलाई आफ्नो ब्राण्डसँग जोडेर कुनै समायावधिसम्म निश्चिम रकम तिरेका हुन्छन् । ‘पपुलर फेस’ले ब्राण्डको बिषयमा बोलिदिदा सजिलै विश्वास जित्न सकिने भएकाले पनि ब्राण्डहरुले कलाकार तथा समाजमा मन जितेर लोकप्रिय बनेका कुैपनि ब्यक्तित्वलाई लिने गर्दछ ।

नेपालमा अत्यधिक ब्राण्डहरुसँग जोडिएर ब्राण्डको प्रमोट गर्ने काममा लोकप्रिय हास्य अभिनेता महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यं), अभिनेता राजेश हमाल पनि पर्नुहुन्छ । कलाकारले ब्राण्डसँग जोडिदा उक्त ब्राण्डले ल्याएका बस्तु तथा सेवा कस्तो किसिमको हो भनेर बुझ्नु भने जरुरी हुन्छ ।

‘‘अनमोलले अब अस्ट्रेलिया जान चाहाने बिद्यार्थीहरुलाई ‘एम्पाएर’ नै ठिक भनेर सहि सुचना दिनुपर्नेछ । यस्तै उक्त संस्थाले आयोजना गर्ने बिभिन्न सचेतना मुलक शैक्षिक इभेन्टमा सहभागी हुनुपर्नेछ ।’’

यसैबिच पछिल्लो समयका नेपाली चलचित्रमा अत्यधिक ‘फ्लोअर्स’ कमाउनु भएका युवास्टार अनमोल केसी पनि बिभिन्न ब्राण्डमा जोडिने क्रममा अहिले नयाँ संस्थासँग जोडिनुभएको छ । अनमोल अस्ट्रेलिया पढ्न चाहने विद्यार्थीहरुलाई पठाउँदै आइरहेको संस्था एम्पाएर इन्टरनेशनल एजुकेशन एण्ड भिजा सर्भिसेससँग जोडिनु भएको हो ।

यस संस्थासँग जोडिएर अनमोलले अब अस्ट्रेलिया जान चाहाने बिद्यार्थीहरुलाई ‘एम्पाएर’ नै ठिक भनेर सहि सुचना दिनुपर्नेछ । यस्तै उक्त संस्थाले आयोजना गर्ने बिभिन्न सचेतना मुलक शैक्षिक इभेन्टमा सहभागी हुनुपर्नेछ ।

एक वर्षको लागि अनुबन्धित हुनुभएका अनमोलले फोटोशुट र टिभीसी (टेलिभिजन कमर्सियल)को काम सकाउनुभयो । उहाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई एम्पाएरको तर्फबाट सहि सूचना पु¥याउनु पर्नेछ । अनमोलले एम्पाएरको लागि फोटोशुटसँगै केहि दिन अगाडी मात्र टिभीसी शुट गरिसक्नुभएको छ । उहाको टिभीसीलाई शैक्षिक शैलीमा तयार गरिएको सञ्चारकर्मी तथा निर्देशक कुवेर डंगोलले बताउनु भएको छ।

केहि समय अगाडी डंगोलसँगै फोटोशुट सम्पन्न गर्नुभएका अनमोलले टिभीसीको काम पनि सकाउनु भएको हो । ‘हामीले टिभीएडको लागि २५ सेकेण्ड लम्बाई रहेको भिडियो तयार पारेका छौँ । यहाँ अस्ट्रेलिया पढ्न चाहने विद्यार्थीहरुको लागि छोटो संदेश छोडिएको छ ।’ निर्देशक डंगोलले भन्नुभयो । टिभीसीमा अनमोललाई क्याजुअल लुक्समै सरल तरिकाले प्रस्तुत गरिएको छ ।  एम्पाएरले विद्यार्थीलाई दिदै आएको सेवालाई ध्यानमा राख्दै टिभीसी तयार गरिएको निर्देशक डंगोलले जनाउनुभयो ।  रंग पत्रकार राजन घिमिरेको कन्सेप्टमा तयार भएको टिभीसीमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा कलर रहेको छ ।

यस्तै अनमोलले आफ्नो फ्लोअर्स मार्फत विद्यार्थी माँझ सहि जानकारी पु¥याउने उदेश्यका साथ एम्पाएरको ब्राण्ड एम्बेसडर बन्न तयार भएको बताउनु भएको छ । पछिल्लो पुस्तामा सबैभन्दा महँगा र डिमाण्ड नायक अनमोलले उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने विद्यार्थीहरुलाइ एम्पाएरसँग जोडिएको जानकारी शेयर गर्नुहुनेछ ।