प्य्राङ्कस्टर सेढाईं पक्राउ, ७ दिन थुनामा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

प्य्राङ्कस्टर आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोले उहाँलाई प्य्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा प्रक्राउ गरेको हो ।

झापा बिर्तामोडका सेढाईंले ८ वर्ष अघिदेखि प्रांक भिडियो बनाउँदै आउनु भएको थियो । तर, गृह मन्त्रालयले गत माघ १३ गते विज्ञप्ती जारी गर्दै सार्वजनिक स्थलमा प्य्राङ्क भिडियो नबनाउन भनेको थियो । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक स्थलमा हुने भद्दा किसिमका ख्यालठट्टाबाट शिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुनसक्ने वादविवाद र द्वन्द्व,सामाजिक सद्भाव र शान्ति सुरक्षामा पर्नसक्ने असरलाई मध्यनजर गर्दै प्र्यांक भिडियो नबनाउन’ चेतावनी दिइएको थियो ।

यसकै आधारमा साइबर ब्यूरोले प्य्राङ्कस्टर सेढाइलाई पक्राउ गरेको हो । तर, सेढाइले गृह मन्त्रालयको विज्ञप्तीपछि आफ्नो युट्युब च्यानल ‘नेपाली प्य्राङ्कस्टर्स’मा कुनै पनि प्य्राङ्क भिडियो बनाएर अपलोड गर्नुभएको छैन । उहाको अन्तिम भिडियो तीन साताअघि अर्थात् माघ ८ गते अपलोड भएको छ । प्रहरीले उहालाई पुरानै भिडियोको आधारमा पक्राउ गरेको बुझिएको छ ।

साइबर ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालका अनुसार पक्राउ परेका सेढाईंलाई जिल्ला अदालत काठमाडौंबाट ७ दिन थुनामा राख्न अनुमति प्राप्त भएको छ । सेढाई पक्राउ सँगै प्रहरीले पुरानो भिडियोका आधारमा पक्राउ गर्न मिल्ने÷नमिल्ने सामाजिक संजालमा बहस सुरु भएको छ ।