गायक तथा संगीतकार ‘बप्पी दा’को निधन

मुम्बई (एजेन्सी)

गायक तथा संगीतकार बप्पी लहेरीको ६९ बर्षको उमेरमा निधन भएको छ । मंगलबार बेलुका करिब ११ः४५ मा गायक लहेरीको निधन भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्  ।

उहाको मुम्बईको जुहुस्थित क्रिटिकेयर अस्पतालमा निधन भएको उहाको उपचारमा खटिएका डा. दिपक नामजोशीले पुष्टि गर्नुभयो । संगीतकार बप्पी धेरै हप्तादेखि बिरामी हुनुहुन्थ्यो र अब्सट्रक्टिव स्लीप एपनियाबाट पीडित हुनुहुन्थ्यो ।

सोमबार मात्रै कोरोनामुक्त भएर घर फर्किनु भएका उहालाई मंगलबार पुनः अस्पताल भर्ना गरिएको थियो । सोही क्रममा उहाको निधन भएको हो । उहाले डिस्को संगीत आवाजलाई लोकप्रिय बनाउन योगदान पु¥याउनु भएको छ । अमर प्रेम, मंदिरा, बदनाम, अमर तुमीजस्ता बंगाली चलचित्रबाट उहा परिचित हुनुहुन्छ ।

बप्पीको जन्म सन् १९५२ नोभेम्बर २७ मा वेस्ट बंगालमा भएको थियो । सांगीतिक परिवारमा जन्मिनु भएका उहाको डेब्यू सन् १९७३ मा रिलिज भएको ‘नन्हा शिकारी’ बाट भएको थियो । बलिउडको ५० वर्ष लामो गायन करियरमा उहाको अन्तिम गीत ‘बागी ३’मा समावेश ‘भंकास’ थियो ।

बप्पी लेहरीको वास्तविक नाम आलोकेश लहेरी हो । चार वर्षको उमेरमा लता मंगेशकरको एउटा गीतमा तबला बजाएर चर्चामा आउनु भएका उहालाई मायाले बप्पी लहेरी भनेर बोलाउन थालिएको हो । बलिउडमा उहालाई ‘बप्पी दा’ भनेर सम्बोधन गरिन्थ्यो ।

उहा बलिउडमा मात्र होइन, हलिउडमा पनि चर्चित हुनुहुन्थ्यो  ८० देखि ९० दशकमा बलिउड चलचित्रहरूमार्फत स्रोता–दर्शकलाई डिस्को धुनमा नचाउनु भएका उहालाई ‘डिस्को किङ’ पनि भनेर चिनिन्छ । बलिउड संगीतलाई डिजिटल गर्नमा उहाको ठूलो योगदान छ ।

यस्तै बप्पी २०१४ मेमा भारतीय जनता पार्टी (भाजपा) प्रवेश गर्नुभएको थियो । भाजपामा प्रवेश गरेसँगै उनले देशमा नरेन्द्र मोदीको लहर चलेको भनी अभिव्यक्ति दिनुभएको थियो । सन् २००४ मा उहाले भारतीय कांग्रेसका लागि अभियान चलाएका थिए । २०१४ को लोकसभा चुनावमा भाजपाले बप्पी लहेरीलाई हुगली जिल्लाको श्रीरामपुर लोकसभा सिटको उमेदवार बनाएको थियो । यद्यपि, उहाले चुनाव हार्नुभयो ।

सुनका गहनामा बप्पी लहेरीको विशेष लगाव थियो । उहाले कैद गराएका तस्बिरहरूमा पनि त्यो देख्न सकिन्छ ।