अनमोलको ‘हनी बनी’ आउँदो दशैंमा रिलिज हुने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

युवास्तार अनमोल केसीको मुख्य भूमिका रहने नयाँ चलचित्र 'हनी बनी'को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रको निर्माण टिमले चलचित्र आउँदो दशैंमा अर्थात असोज १४ गतेबाट देशभरी प्रदर्शनमा ल्याउने बताएको छ । चलचित्रमा अनमोलसँगै सलोन बस्नेतको मुख्य भूमिका रहेको छ ।

दीवाकर भट्टराईको निर्देशक रहने सिनेमाको लागि हाल मुख्य अभिनेत्रीको छनोट भैरहेको छ । मार्चबाट फ्लोरमा जाने सिनेमालाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । अधिकांश छायांकन लण्डनमा गरिने छ । सिनेमामा अभिनय गर्ने अन्य कलाकारहरुको पनि चाँडै टुंगो लाग्ने निर्माता अजित कुमार थापाले बताएका छन् ।

एबी इन्टरनेशलको प्रस्तुती रहने सिनेमामा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको सिनेमाको कार्यकारी निर्मातामा अंकित गौतम छन् । बेलायतमामा छायांकन हुने सिनेमाको लागत ७ करोड अनुमान गरिएको छ ।

यही टिमले निर्माण गरेको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छन् । सिनेमाको चाँडै नयाँ रिलिज मिति घोषणा गरिनेमा निर्माण टिमले जनाएको छ । पुजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको मुख्य भुमिका रहेको सिनेमालाई सुदर्शन थापाले निर्देशन गरेका हुन् ।