साहित्यकार ताम्राकारको ‘मिराज’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

साहित्यकार ध्रुबकृष्ण ताम्राकारको कथा संग्रह ‘मिराज’ लोकार्पण गरिएको छ । कथा संग्रहको लोकार्पण ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कार्यक्रमका प्रमुख अतिथि के के कर्माचार्य, साहित्यकार सूर्य लाकोजू र कथाकार ध्रुब ताम्राकारले संयुक्त रूपमा विमोचन गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि के के कर्माचार्यले मिराज कथा संग्रह एक पठनीय कृति भएको बताउनु भयो । कथा, कविता, मुक्तक विधामा विभिन्न लेख लेखिरहेका सर्जक ध्रुब ताम्राकारको मिराज कथा सङ्ग्रहमा एघार ओटा कथाहरू संग्रहित छन् । यसभन्दा अघि उहाको ‘प्रारम्भ’ र ‘हृदयका उद्गार’ गरी दुइवटा कविता संग्रह, ‘भावनाका उत्सर्ग’ गीत संग्रह, ‘स्पन्दन’ मुक्तक सङ्ग्रह र ‘आँसुको कथा’ कथा सङ्ग्रह प्रकाशित छन् ।

कार्यक्रममा साहित्यकार तुयुकाजी ताम्राकार, विजयराम कर्माचार्य, कवि रामसुन्दर देउजा, उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पसक्षे, गीता दाहाल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । यो किताब ट्रान्सवर्ल्ड पब्लिकेसननले प्रकाशन गरेको हो ।