कर्णाली साहित्य समाजले सम्मान तथा पुरस्कार प्रदान गर्ने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

कर्णाली साहित्य समाजले स्थापना गरेका सम्मान तथा पुरस्कार चैत दोस्रो साता प्रदान गर्न लागिएको छ । कर्णाली साहित्य समाज साधना सम्मान–२०७७, कर्णाली साहित्य समाज कृति पुरस्कार–२०७७ र कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार–२०७७ विभिन्न कृति, सर्जक तथा कलाकारलाई प्रदान गर्न लागिएको हो ।

कर्णाली साहित्य समाजका संस्थापक संरक्षक महेशविक्रम शाहका अनुसार कर्णाली साहित्य समाज साधना सम्मान–२०७७ यस वर्ष प्राध्यापक डा. राजाराम सुवेदीलाई प्रदान गर्न लागिएको छ । सर्जक सुवेदीका प्रदेशको मध्यकालीन ईतिहास (२०५४), बाइसी राज्यको ऐतिहासिक रूपरेखा (२०५६), कर्णाली प्रदेशमा मध्यकालीन डोटी राज्य (२०५६), अछामको ईतिहास (२०५८) जस्ता ऐतिहासिक महत्वका कृतिहरु प्रकाशित छन् ।

कर्णाली प्रदेश साहित्य समाज कृति पुरस्कार–२०७७ कथासंग्रह ‘जियरा’लाई प्रदान गर्न लागिएको छ । लेखक नयनराज पाण्डेद्वारा लिखित उक्त कथासंग्रहलाई प्रदान गर्न लागिएको पुरस्कार राशी ५० हजार रुपैयाँ रहेको छ।

यस्तै कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार–२०७७ नृत्य निर्देशक कुलमान नेपालीलाई प्रदान गर्न लागिएको छ । कर्णाली प्रदेशका लोकनृत्यहरुलाई देशभर चिनाउन योग्दान गरेका सुर्खेतका नृत्य निर्देशक नेपालीलाई २५ हजार राशी रहेको उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

कर्णाली साहित्य समाले २०७७ मा स्थापना गरेका यी सम्मान तथा पुरस्कारमध्ये गत वर्ष कर्णाली साहित्य समाज साधना सम्मान शताब्दी पुरुष सत्यमोहन जोसी र कवि श्यामललाई प्रदान गरिएको थियो । यस्तै गत वर्ष प्रतिभा पुरस्कार साहित्यकार बुद्धिसागर र कलासाधक प्रेमदेव गिरीलाई प्रदान गरिएको थियो भने कृति पुरस्कार कथासंग्रह ‘मरिचिका’ र ‘मोहपथ’लाई प्रदान गरिएको थियो ।