आजबाट ‘म यस्तो गीत गाउँछु २’ रिलिज

गोपिकृष्ण चापागाईं/ फागुन, काठमाडौं ।

नेपाली सिनेमा हलमा नेपाली चलचित्रका लागी दर्शकको भिड नदेखिएको दुईबर्ष बढी भयो । पछिल्लो दुईबर्ष कोरोना भाइरसको महामारीले गर्दा चलचित्र क्षेत्रलाई ठुलो असर पु¥यायो । निर्माण भएर बसेका चलचित्र प्रदर्शन हुन पाएनन् । कोरोना महामारी कम हुँदै जादा हल खुलेपनि दर्शक आउने ढुक्क नभएपछि निर्माताहरुले करोडौं लगानी गरिएका चलचित्र प्रदर्शन गर्ने आँट गरेनन् । फलस्वस्प अहिलेसम्म प्रतिक्षित चलचित्र प्रदर्शन हुन सकेका थिएनन् ।

यसैबिच तीनबर्ष अघि नै निर्माण भएर बसेको नयाँ चलचित्र ‘म यस्तो गीत गाउँछु २’ आजबाट प्रदर्शनमा आएको छ । प्रेमकथामा आधारीत यो चलचित्र कोरोना महामारी भन्दा अघि नै निर्माण भएको हो । दुईबर्ष अघि नै प्रदर्शन हुनुपर्ने यो चलचित्रलाई कोरोनाले नराम्रोसँग असर पा¥यो । प्रदर्शन मिति तोक्दै सार्दै गर्नुपरेको अवस्था धेरैपटक आयो । अन्ततः फागुन १३ गतेबाट प्रदर्शन गर्ने निर्णय गरेसँगै आजबाट देशब्यापी प्रदर्शनमा आएको हो ।

चलचित्रको बुधबार राती प्रिमियर शो को आयोजना गरियो । जहाँ नेपाली चलचित्र क्षेत्रका अधिकांश कलाकारहरुको उपस्थिती थियो । लामोसमयपछि नेपाली चलचित्र क्षेत्र चलायमान हुने देखिएपछि चलचित्रकर्मिमा पनि उत्साह छाएको छ । प्रतिक्षित चलचित्रहरु प्रदर्शन हुँदा दर्शकलाई हलसम्म आउनेमा चलचित्रकर्मि आशावादी छन् । ‘म यस्तो गीत गाउँछु २’को प्रिमियरमा धेरैबर्ष पछि यतिधेरै कलाकारको उपस्थिती भएको हो । नेपाली चलचित्रक्षेत्रनै संकटमा परेको अवस्थामा चलचित्रकर्मिले नेपाली चलचित्रलाई माथि उठाउनका लागी साथ दिएको बुझ्न सकिन्छ ।

बुधबार कीर्तिपुर सिनेप्लेक्समा आयोजना भएको प्रिमियरमा २ घन्टा १६ मिनेट लामो उक्त चलचित्र हेरेपछि निर्माण टिमको तारिफ गरिएको थियो ।सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डीसी, गणेश गिरी लगायतका कलाकारको मुख्य अभिनय छ ।

एक सुपरस्टार र एक उदयीमान गायिकाको प्रेमकथामा निर्माण भएको यो चलचित्र हेरिसकेपछि अभिनेत्री निरुता सिंहले चलचित्र हेर्नेक्रममा कैंयौं पटक आँशु खसेको प्रतिक्रिया दिनुभयो । साथै उहाँले चलचित्रको गीतसंगीत, मेकिङ, कथावस्तु उत्कृष्ट रहेको बताउनुभयो । यस्तै नायक रमेश उप्रेतीले बिषयवस्तु र मेकिङ निकै उत्कृष्ट भन्दै तारिफ गर्नुभयो । निर्देशक दीपाश्री निरौलाले पनि तारिफ गर्दै भन्नुभयो, ‘यो चलचित्रले नेपाली चलचित्र क्षेत्रलाई नै चलायमान बनाउनेमा विश्वास छ । प्रेमकथामा सुदर्शन थापाले उत्कृष्ट चलचित्र बनाउनुभएको छ ।’

चलचित्र हेर्न पुग्नुभएका कलाकार दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज, एलिशा गौतम, सञ्जोग कोइराला लगायतले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनय उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयो । प्रिमियरमा कलाकारहरु नीर शाह, गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी, दमन रुपाखेती, पुष्प खड्कालगायत पनि पुग्नुभएको थियो । यस्तै निर्माता छवि ओझा, निर्देशक दीपेन्द्र के खनाल, गायक यम बराल, संगीतकार अर्जुन पोखरेल, गायिका मलिका कार्कीलगायत पनि चलचित्रको प्रिमियरमा पुग्नुभएको थियो ।

प्रिमियरमा चलचित्रका मुख्य नायक पल शाहको पनि उपस्थिती थिएन । एक गायिकाले तनहुँमा पलबिरुद्ध उजुरी दर्ता गराएपछि पल नआएको हुनसक्ने अनुमान गरिएको थियो । निर्माण टिमले पनि नायक पल अहिले समस्यामा परेको भन्दै दोषी जो भएपनि कानुन बमोजिम सजाय हुनुपर्ने बताए । साथै चलचित्रका निर्देशक थापाले उनले आफूहरुले दर्शकमाझ एउटा उत्कृष्ट प्रेमकथा पस्किएको भन्दै अब यसलाई कसरी अगाडि बढाउने भन्ने जिम्मेवारी दर्शकमा भएको बताउनुभयो । अभिनेत्री पूजा शर्माले पनि चलचित्र रिलिजको समयमा विभिन्न खालका समस्या उत्पन्न भएपनि दर्शकले माया गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

चलचित्रमा अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र सौरभ लामाको छायांकन रहेको छ ।