नेत्र दानका लागि बन्यो चलचित्र ‘थर्ड आई’

आर्टिष्ट खबर/ फागुन, काठमाडौं  ।

जीवन पछि पनि अरुलाई दृष्टी दिन सकिन्छ भन्ने सन्देश प्रस्तुतिका लागि नयाँ चलचित्र ‘थर्ड आई’ निर्माण भएको छ । आफ्नो दुई आँखाबाट दृष्टी गुमेपछि अरु कसैसँग लिएको तेश्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई सबैमाझ पु¥याउन यो चलचित्र निर्माण गरिएको छ ।

यो चलचित्रमा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, बिनोद मिश्र, सुरज पोखरेल, बिमला अधिकारी, राजीव न्यौपाने लगायतको मुख्य भूमिका छ ।

करिब एक घन्टाको यो चलचित्र चितवनबाट निर्माण भएको हो । चलचित्रलाई युवा निर्देशक आसुतोष अधिकारीले निर्देशन गर्नुभएको हो । यो चलचित्र हेरेपछि नेत्र दानको महत्व दर्शकले बुझ्ने र मृत्युपछि आँखा दान गर्ने विश्वास निर्देशक अधिकारीले लिनुभएको छ ।

‘यो चलचित्रलाई अब यही फागुनको अन्तिम साताबाट प्रदर्शनी गरिने भएको छ । यो चलचित्रको उदेश्य भनेकै जीवनपछि आँखादान गर्न सबैलाई प्रेरित गर्नु हो ।’ यसका निर्माता बिनोद मिश्रले बताउनुभएको छ । चलचित्र निकै राम्रो बनेकाले यसलाई दर्शकलाई मन पराउने पनि उहाले बताउनुभयो ।

यो चलचित्रका कार्यकारी निर्माता केडी प्रशितले चलचित्र थर्ड आईबारे भने,‘सँसारमा रहेका मानिसहरु मध्य १० प्रतिसत मानिसले मात्र पनि मृत्युपछि आँखा दान गर्ने हो भने विश्वाका  केही पनि दृष्टी बिहिन हुनु पर्दैन । त्यसैले नेत्र दानका लागि प्रेरित गुर्न नै यो चलचित्रको उदेश्य हो ।’ यो चलचित्रलाई उहाले ब्यबसायिक भन्दा पनि सामाजिक कार्यको रुपमा लिनुभएको छ ।

यो चलचित्रको कथालाई साहित्यकार आरती अधिकारीले लेख्नुभएको हो । जसमा रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन बिसीको छायाँकन छ । बिमल लामाको संगीत रहेको थर्ड आईलाई विभिन्न च्यारिटी शो र राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सबमा प्रदर्शन गरिने छ । त्यसपछि मात्र व्यबसायिक रुपमा हलमा रिलिज गर्ने पनि कार्यकारी निर्माता प्रशितले बताउनुभएको छ ।