लामाको बौद्ध परम्पराअनुसार अन्त्येष्टि

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

गायक तथा अभिनेता जयनन्द लामाको बिहीबार अन्त्येष्टि गरिएको छ । लामाको बिहीबार दिउँसो बौद्ध परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको हो । ६६ वर्षको उमेरमा बुधबार बिहान घरमै गाडीबाट ओर्लनेक्रममा उहाँको मृत्युभएको थियो ।

लामाको शव बिहीबार बिहान १० बजेदेखि श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा राखिएको थियो । नाचघरमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले लामाको शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिनुभएको थियो । त्यस्तै, श्रद्धाञ्जली दिन चलचित्र तथा सांगीतिक क्षेत्रका थुप्रै कलाकारहरुसँगै, शुभचिन्तक, सर्वसाधारण एवं बौद्ध धर्मगुरुहरु समेत नाचघर पुग्नुभएको थियो । नाचघरमा झण्डै तीन घण्टाको श्रद्धाञ्जली कार्यक्रमपछि उहाको शवलाई अन्त्येष्टिका लागि स्वयम्भू लगिएको थियो ।

जमलस्थित राष्ट्रिय नाचघरमा राखिएको लामाको पार्थिव शरिरमा श्रृद्धाञ्जली दिन पुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कलाकार राष्ट्रका गहना रहेको बताउनुभएको छ । आलेले भन्नुभएको छ, ‘देशलाई चिनाउने सच्चा देशभक्त कलाकार भएको  र  कलाकै  माध्यमबाट स्वर्गीय लामाले पनि देशको चिनारी बढाउने काम गर्नुभएको थियो ।’

देशमा हाल भइरहेका विभिन्न विकृति र विसङ्गतीलाई  चिर्दै जान र राष्ट्र तथा राष्ट्रियता जोगाउन  कलाकारले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेकामा  मन्त्री आलेले जोड दिनुभयो । उहाले स्वर्गीय लामाका परिवारमा समवेदनासमेत प्रकट गर्नुभयो ।

श्रृद्धाञ्जली सभामा कलाकार कृष्ण मल्ल, दीपकराज गिरी, दीपाश्री निरौला, करिश्मा मानन्धर, विराज भट्ट, प्रकाश सपूत लगायत पुग्नुभएको थियो । लामाका ‘चुइँ चुइँ चुइँकने जुत्ता’, ‘कलकत्ते काइँयो’ थुप्रै चर्चित लोकगीत दिएका लामाले ‘मनको बाँध’बाट चलचित्र अभिनय यात्रा थाल्नुभएको थियो । पछिल्ला वर्ष उनी ‘छक्का पञ्जा’, ‘जय भोले’, ‘दाल भात तरकारी’, ‘साङलो’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको थियो । टेलिसिरियल ‘हल्का रमाइलो’मा उहा नियमित देखिंदै आउनुभएको थियो ।