भदौ १० मा ‘पानीफोटो’ रिलिज हुने

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नयाँ चलचित्र ‘पानीफोटो’ आउँदो बर्षको भदौ १० अर्थात सन् २०२२ अगस्ट २६मा प्रदर्शन हुने भएको छ । वितरक तथा प्रदर्शकहरुको छलफल पश्चात फिल्म युनिटले भदौ १० गतेलाई डेट तय गर्नुभएको हो । यो अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशकिय चलचित्र हो ।

खगेन्द्रले आफु लिखित नाटकलाई चलचित्रको स्वरुप दिनुभएको हो । उहाले चलचित्रमा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडी बेपत्ता भएको छोराको पर्खाइमा बसेको बा–आमाको कथालाई दर्शक माँझ लिएर आउन लाग्नुभएको छ । यो दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’ कै अनुरुपण गरिएको चलचित्र हो ।

चलचित्रमा खगेन्द्रसंगै सुनिल पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ्ग, कमलमणि नेपाल, अशान्त शर्मा, मलिका महत, प्रकाश घिमिरे, राधा श्रेष्ठ, अजस्र ढुङ्गाना, कमल देवकोटा, अनोज पाण्डे, अनिल पाण्डे, नवराज गिरी, श्यामकुमार खड्का लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रको छायांकन काठमान्डौसँगै वर्दिया, रोल्पा र स्याङ्गजामा गरिएको छ । ‘पशुपति प्रसाद’ र ‘धनपति’ जस्ता खाँट्टी नेपाली स्वाद बोकेका सफल चलचित्र निर्माण गरेको टुकी आर्ट्सले यसफिल्म निर्माणमा मन्जुश्री फिल्मस्संग सहकार्य गरेको छ । चलचित्रमा लेखन पनि खगेन्द्रकै रहेको छ भने यसमा चिफ एडीको रुपमा अनिल खड्का रहनुभएको छ । चलचित्रमा रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नुभएको हो ।