‘द मम–व्युटी कन्टेस्ट’को उपाधि रमालाई

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

नेपालमै पहिलोपटक आमा भइसकेका सकेका नारीलाई लक्षित गर्दै आयोजना गरिएको मोडलिङ सम्बन्धी प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘द मम–व्युटी कन्टेस्ट’को शीर्ष उपाधि रमा खड्का पौडेलले जित्नुभएको छ ।

गएको साता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा उहाले ताजसँगै विधागततर्फको ‘मस्ट पपुलर’ अवार्डसमेत हात पार्नुभयो । उहाले उपहार स्वरुप २५ हजार रुपैंयाँ र अन्य विभिन्न उपहार पोल्टामा पार्नुभयो । प्रतियोगिताको भोटिङ पार्टनरको रुपमा रहेको ग्लोबल अनलाइन पे को मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा पूर्व सुचना तथा प्रविधि एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव प्रमुख अतिथी हुनुहुन्थ्यो ।

मोडल सङ्स नेपालले आयोजना गरेको प्रतियोगितामा विधागततर्फ निलिमा बजगाईं उप्रेतीले ‘अडियन्स च्वाइस’ र ‘बेस्ट स्माइल’, ललिता शेर्पा ‘ट्यालेन्ट’, ‘बेस्ट पर्सनालिटी’ र ‘मस्ट फोटोजेनिक’, दिपिका पौडेलले ‘कन्फिडेन्ट’, सिलसिला गुरुङ ‘डिसिप्लिन’, सरस्वती डंगोल महर्जनले ‘इनोसेन्ट’ अवार्ड जित्नुभयो ।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा राजकुमार छेत्री, सोना अमात्य, डा. अर्पन शाह, अभिनेता रमेश उप्रेती, रेजिना तुलाधर, अंकिता श्रेष्ठ निर्णायक हुनुहुन्थ्यो । आयोजक संस्थाका अध्यक्ष डेविल सिंह राजपुतले आमा भईसकेकी नारीको आन्तरिक सौन्दर्यलाई बाहिर ल्याएर आधुनिक समाजका अवसरहरूलाई नेपाली पारामा ‘ब्लेण्ड’ गर्दै लैजाने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ ।

कार्यक्रममा अभिनेता भुवन केसी, कलाकार किरण केसी, हेलिकप्टर सोसाइटी अफ नेपालका महासचिव योगराज कँडेल शर्मालगायतको उपस्थिति थियो ।