वासु शशी स्मृति परिषदद्धारा पुरस्कार घोषणा

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

वासु शशी स्मृति परिषद्ले विभिन्न सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । परिषद्ले ‘वासु शशी साहित्य सम्मान २०७८’ कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी ‘वासुशशी साहित्य पुरस्कार २०७७’ कवि राधेश्याम लेकालीलाई, र ‘वासु शशी साहित्य पुरस्कार २०७८’ कवि तथा निबन्धकार मोमिलालाई प्रदान गर्ने निर्णय गरेको छ ।

परिषद्ले ‘कुमार–सरस्वती साहित्य पुरस्कार २०७८’ कथाकार ध्रुव मधिकर्मीलाई प्रदान गर्ने निर्णय गरेको छ । सम्मानित तथा पुरस्कृत स्रष्टाहलाई सम्मानपत्रकासाथ जनही २५ हजार नगद राशि प्रदान गरिने जनाएको छ ।

परिषद्का अध्यक्ष गणेश रसिकको अध्यक्षतामा हालै बसेको बैठकले पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको हो । उक्त सम्मान तथा पुरस्कार आउँदो चैत १३ गते प्रदान गरिने परिषद्का सचिव प्रद्युम्न जोशीले जानकारी दिनुभएको छ ।