अमिताभको शिरमा नेपाली ढाकाटोपी

...

<pre style="text-align: justify; "><b>मुम्बई (एजेन्सी)</b></pre><p style="text-align: justify; ">बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले नेपाली ढाकाटोपी लगाउनुभएको छ । बच्चनले ढाकाटोपी लगाएको तस्वीर सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गर्नुभएको हो ।&nbsp;</p><p style="text-align: justify; ">फोटोको क्याप्सनमा उहाले ‘केटी को केटी को’ लेख्नुभएको छ । तस्वीरमा उहाले कैलो कोट पनि लगाउनुभएको छ । उहाँले चलचित्रको सुटिङका क्रममा नेपाली ढाका टोपी लगाएको भारतीय सञ्चारमाध्यमले जनाउनु भएको छ । हाल उहा ‘उँचाई’ चलचित्रमा व्यस्त हुनुहुन्छ । हाल यो चलचित्र भारतको उत्तराखण्ड राज्यमा सुटिङको क्रममा रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही महिनाअघि मात्रै यो चलचित्रको टिमले नेपालमा आएर शुटिङ गरेको थियो । शुरुमा बच्चन पनि नेपालमा आउने भनिएपनि अस्वस्थताका कारण आउन पाउनु भएको थिएनन् ।&nbsp;</p><div style="text-align: justify; "><br></div>