शिशिर योगीको जन्मदिनमा ‘बा…’ गीत सार्वजनिक

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

मेलोडी सुल्तानको रुपमा चिनिनु भएका वरिष्ठ गायक शिशिर योगीको आज (बिहीबार) परेको जन्मदिनको अवसरमा नयाँ गीत ‘बा…’ सार्वजनिक गरिएको छ । शिशिरको स्वरमा रहेको उक्र गीतमा कबि अर्जुन पराजुलीको शब्द रचना छ भने संगीत शिशिर आफैले दिनुभएको छ । संगीत संयोजनको काम बि.बि. अनुरागीले गर्नुभएको हो । ध्वनि सम्पादन श्यामश्वेत रसाईलीको रहेको छ ।

उमेरले पाँच दशक पार गर्नुभएका गायक शिशिरको सार्वजनिक ‘बा…’ गीतमा जन्मदिने बुबा प्रतिको मायालाई देखाउन खोजिएको छ । ‘आमा आमा भन्छन् सबै बा तिम्लाई देख्दैन कोही, आमाको त सबले लेख्छन् बा को कथा लेख्दैन कोहि’ लगायतका मनछुने शब्द गीतमा रहेको छ । गीतको भिडियोमा पनि गायक शिशिरलाई नै देख्न सकिन्छ । भिडियोको छायांकन, निर्देशन र सम्पादन बिरेन्द्र भाट ‘विपिन’ले गर्नुभएको हो । वल्र्ड कभर मिडियाको प्रोडक्सनमा तयार भएको गीतको भिडियो गायक शिशिर योगीकै य्ट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

Video: