बेलायतमा ‘शुभकामना साँझ’ हुँदै, स्मिताको मुख्य प्रस्तुती रहने

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ चैत, काठमाडौं ।&nbsp;</b></pre><p style="text-align: justify; ">नेपाली नयाँ वर्षको अवसरमा आगामी बैशाखमा बेलायतको लण्डनमा नेपाली सांस्कृतिक कार्यक्रम “शुभकामना साँझ” हुने भएको छ । चर्चित गायिका स्मिता दाहालको मुख्य प्रस्तुती रहने कार्यक्रम अप्रिल २४ तारिखका दिन गर्ने तय भएको कार्यक्रम संयोजक रघु दाहालले जानकारी दिनुभयो ।</p><p style="text-align: justify; ">चितवन एड ट्रष्ट (क्याट) युकेको आयोजनामा हुन लागेको कार्यक्रममा सहभागी हुन पनि बेलायतमा रहेका सबै नेपालीलाई कार्यक्रम संयोजक दाहालले अनुरोध गर्नुभएको छ । उहाँका अनुसार झण्डै चार सय गीतमा स्वर भरिसक्नु भएकी गायिका दाहाल निकै लोकप्रिय रहेको र चितवनकै भएकाले उहाँको मुख्य प्रस्तुती रहने भएको हो ।&nbsp;</p><p style="text-align: justify; ">ह्यारो बोरो फुटबल क्लबमा स्थानीय समय अनुसार दिउसो ३ बजेदेखि बेलुका ९ बजेसम्म कार्यक्रम हुने तय गरिएको संयोजक दाहालले जानकारी दिनुभयो ।&nbsp;</p>