सलोन शुभारम्भमा दीपाश्री र सन्दिप

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

ललितपुरको कुमारिपटिमा ‘कट एण्ड कलर हेयर सलोनको पुनः शुभारम्भ गरिएको छ । आयोजीत कार्यक्रममा लोकप्रिय अभिनेत्री, निर्देशक दिपाश्री निरौला, लोकप्रिय हास्य कलाकार सन्दिप क्षेत्रि र बरिष्ठ सौन्दर्यबिद रश्मिला श्रेष्ठले संयुक्त रुपमा रिवन तथा केक काटेर पार्लरको उद्घाटन गर्नुभएको थियो ।

बिगत १२ बर्ष देखि संचालनमा आएको ‘कट एण्ड कलर हेयर सलोन’ पुनः नयाँ स्थान र अत्याधुनिक सेवा सुबिधा सहित संचालनमा ल्याईएको पार्लरकि वनर सारा गुरुङले जानकारी गराउनुभयो । उक्त अवसरमा संचारकर्मी÷कलाकार सुर्य चन्द, ब्युटिसियन तथा समाजसेवी निकिता पाण्डे, चर्चित फेसन डिजाईनर काजल शर्मा लगायत अन्य सौन्दर्यकर्मी, समाजसेवी तथा सेवाग्राहीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको सलोन जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीहरुले सेवा लिन पाउनेछन् । शुभारम्भमा प्रमुख अथिति दीपाश्री निरौला र बिशेष अतिथि सन्दिप क्षेत्रि, रश्मिला श्रेष्ठले सारालाइ बधाई तथा शुभकामाना दिनुभयो । महिलाहरूलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र मिहिनेतका साथै कलाक्षमता प्रदर्शनसँगै आर्थिक रूपमा राम्रो आम्दानी गर्नेतर्फ अघि बढ्न समेत आग्रह गर्नुभएको थियो ।

सुन्दर राम्रो बन्ने चाहना सबैको हुन्छ तर सबै ठाउमा भरपर्दो तथा गुणस्तर सेवा पाउन गाह्रो भएको परिस्थितिमा ‘कट एण्ड कलर हेयर सलोन’ सौन्दर्य क्षेत्रमा एक मात्र भरपर्दो र सेवाग्राहीहरुको सर्बाधिक रोजाइमा परेको पार्लर हो जहाँ ग्राहकहरुको माया विश्वास र भरोसा छ ।