‘सम्झना–बिर्सना’ मा रोमान्टिक पूजा–आकाश

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

प्रेमकथानक चलचित्र ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको चलचित्र ०७९ को जेठ ६ गते दर्शकमाझ आउने छ ।

आदित्य प्रधान र रेविका प्रधान निर्माता रहेको चलचित्रमा पूजा शर्मा र आकाश श्रेष्ठको जोडीका साथमा सुनील थापा, शिसिर राणा र छुल्ठिम गुरुङ प्रमुख भूमिकामा हुनुहुन्छ । कोरोना महामारीका कारण प्रदर्शन हुन नपाएको चलचित्र अब भने दर्शक माझ आउने तयारीमा जुटेको हो । निर्माण युनीटले शुक्रबार चलचित्रको नयाँ पोस्टरका साथमा प्रदर्शन मिति घोषणा गरेको हो । नयाँ पोस्टरमा पूजा र आकाशलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ ।

दार्जिलिङ, सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको चलचित्रलाई आरआर फिल्मस्ले बितरण गर्दैछ । निर्देशक निमेषकै कथा, पटकथा रहेको चलचित्रको सम्वाद लेखनमा उहालाई अभिनेता शिसिर राणाले सघाउनु भएको छ । शिब ढकालले खिचेको चलचित्रका गीतमा राजन इशान र सुदर्शन तामाङको संगीत अनि कमल राईको कोरियोग्राफी छ । आदित्य फिल्म्स्को प्रस्तुति रहेको फिल्मको क्रिएटिभ हेड स्व.बिशारद बस्नेत हुन् ।