आँचल र केकीको ‘झिङ्गे दाउ’ ३१ भदौमा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नयाँ नेपाली चलचित्र ‘झिङ्गे दाउ’ आउँदो बर्षको भदौ ३१ गतेबाट प्रदर्शन हुने भएको छ । सामाजिक विषयवस्तुमा निर्माण भएको यो चलचित्र ज्ञानेन्द्र देउजाले निर्देशन गर्नुभएको हो । निर्देशक देउजाले सामाजिक संजालमा फिल्मको एक पोष्टर शेयर गर्दै प्रदर्शन मिति सार्वजनिक गर्नुभएको हो ।  पोष्टरमा अभिनेत्रीद्वय केकी अधिकारी र आँचल शर्माको टक्कर समेटिएको छ ।

चलचित्रमा केकी र आँचलको अलवा ‘बुलबुल’बाट डेब्यु गर्नुभएका नायक मुकुन भुसालको समेत मुख्य भूमिका रहेको छ । ‘कपनगडी सिनेमा’ र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र कथाकार भिमनिधि तिवारीको कथा ‘झिङ्गे दाउ‘मा आधारित रहेको निर्देशक देउजाले बताउनुभयो ।

प्रदीप भारद्वाजको पटकथा सम्वाद रहेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । फिल्मका निर्माता सुलभ, समिक्षा र सुशिल हुनुहुन्छ ।