‘शमशेर’का हिमेश र सुमनको लुक्स सार्वजनिक

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ चैत, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नयाँ नेपाली चलचित्र ‘शमशेर’मा अभिनय गरेका कमेडी च्याम्पियनको पहिलो सिजनका विजेता हिमेश पन्त र अभिनेता सुमन गौतमको लुक्स सार्वजनिक गरिएको छ । अभिनेता मनिष राउत र गौरव पहारीको मुख्य भुमिका रहने यो चलचित्रका लागी मुख्य अभिनेत्रीको खोजी भैरहेको निर्माण टिमले जनाएको छ । यसैबिच चलचित्रको प्रचारमा थप मद्धत पुगोस् भन्दै निर्माण टिमले हिमेश र सुमनको लुक्स आउट गरेको हो ।</p><p style="text-align: justify; ">एक्सन जनरामा निर्माण गरिनेमा एभरेष्ट फिल्म एकेडेमी र डी आर डेनिमको व्यानरको लगानी रहनेछ । चलचित्रमा अभिनय गर्न लागेका हिमेश र सुमनको भुमिका कस्तो रहनेछ भन्ने चाहीँ खुलाइएको छैन् । सार्वजनिक लुक्समा उनीहरुलाई निकै फरक चरित्रमा प्रस्तुत गर्न लागिएको बुझ्न सकिन्छ ।</p><p style="text-align: justify; ">चलचित्रको छायांकन काठमाडौँ, दुबई, सोलुखुम्बु र ढोरपाटनमा गरिनेछ । सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने चलचित्रमा सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय हुनेछ । राकेश दाहालको पोस्टर डिजाइनर रहेको सिनेमाका गीतमा अर्जुन पोखरेलको संगीत रहनेछ ।</p>