‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को अडिशन खुल्ला

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

भ्वाइस स्टार नेपाल प्रा. लि. ले निर्माण गर्न लागेको गायन रियालिटी शो ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को अडिशन खुल्ला गरिएको छ । इमेज एच डी टेलिभिजनबाट प्रसारणमा आउने उक्त रियालिटी शो बिहिबारबाट खुल्ला अडिशन आह्वान गरिएको कार्यक्रमका निर्माता सुरज लाल जोशीले बताउनु भयो ।

अन्य रियालिटी शो मा भाग लिइसकेका वा पाँच वर्ष भन्दा बढी अवधि देखि सांगितिक क्षेत्रमा सक्रिय गायक गायिकालाई प्रतिस्पर्धीको रुपमा समावेश गरि निर्माण गर्न लागिएको नेपाल्स सिङ्गिङ सुपर स्टारको डिजिटल अडिशनमा समावेश हुनको लागि नेपाल्स सिङ्गिङ सुपरस्टारको आधिकारिक फेसबुक पेजमा गएर सो पेजको म्यासेज बक्समा वा नेपाल्स सिङ्गिग सुपरस्टारको इमेलमा आफूले गाएको बढीमा दुई मिनेट लामो भिडियो पठाउनु पर्ने आयोजकले बताएको छ ।

अडिशनमा छानिएका प्रतिस्पर्धीलाई भ्वाइस स्टार नेपाल प्रा. लि. बाट सम्पर्क गरिने जानकारी निर्माता जोशीले दिनुभएको छ । जोशीका अनुसार कार्यक्रम आउँदो २०७९ बैशाख १८ गते देखि हप्ताको दुई दिन आइतबार र सोमबार बेलुका ८ बजे देखि ९ बजेसम्म नियमित रुपमा प्रसारण हुनेछ । प्रसारण पहिले डिजिटल अडिशनबाट प्रतिस्पर्धीहरु छनोट हुनेछन् ।

यस शोमा प्रस्तोताको रुपमा टेलिभिजन प्रस्तोता विवेक सिंह ठकुरी र गायिका केन्जल मेहर श्रेष्ठ रहनुहुनेछ । यसैबीच आयोजक संस्था भ्वाइस स्टार नेपालले अडिशन आह्वानसँगै ‘रियालिटी शो’को निर्णायक टिम पनि सार्वजनिक गरेको छ । यो कार्यक्रममा निर्णायकको भुमिकामा ख्याति प्राप्त गायकहरु सञ्जय श्रेष्ठ, सत्यराज आचार्य, स्वरुपराज आचार्य र गायिका मिलन नेवार अनुबन्ध हुनुभएको छ ।

‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ को निर्देशन लामो समय देखि संचार क्षेत्रमा कार्य गरेर विज्ञापन लगायत विभिन्न रियालिटी शो सफलताका साथ निर्देशन गरिसकेका रवि श्रेष्ठले गर्नुहुनेछ । यो रियालिटी सो को विजेताले २५ लाख पुरस्कार पाउने यसअघि नै आयोजकले घोषणा गरिसकेको छ ।