साहित्य प्रतिष्ठान गोदावरीद्वारा साहित्यकारहरू सम्मानित

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले एक कार्यक्रमको आयोजना गर्दै विभिन्न विधाका सहित्यकारलाई पुरस्कृत तथा अभिनन्दन गरेको छ ।

प्रतिष्ठानले मंगलबार काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै पूर्व प्रधानमन्त्री एवं वरिष्ठ  साहित्यकार लोकेन्द्रबहादुर चन्दको ८४औँ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुस्कार वितरण गरिएको हो । प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना संक्रमणका कारण विगतका वर्षमा रोकिएको सम्मान कार्यक्रम यस वर्ष गरिएको बताउनु भएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले डा. तुलसी भट्टराईद्धारा लिखित ‘सुनेको चिन देखेपछि’ नामक यात्रा वृत्तान्त पुस्तक समेत लोर्कापण गर्नुभयो । प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैयाँ राशिको मणिराज बाङमय पुरस्कार पूर्वप्रधानमन्त्री चन्द र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा. तुलसी भट्टराई लाई प्रदान गरेको छ । यसैगरी गोदावारी प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ ।

स्वामी खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्कार भरतराज पौडेललाई प्रदान गरिएको छ । प्रतिष्ठानले शास्त्री देवराज आचार्य पुस्कार २०७६ प्रा.डा. रामचन्द्र भट्ट र खड्गबहादुर प्रतिभा पुरस्कार लक्कीबहादुर चौधरीलाई प्रदान गरेको छ ।