‘महापुरुष’मा महजोडी मुख्य भूमिका

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) को मुख्य भूमिका रहने गरी नयाँ चलचित्र ‘महापुरुष’ निर्माण हुने भएको छ । प्रदीप भट्टराईले निर्देशन गर्ने चलचित्रलाई रविन्द्रसिंह बानियाँ र दीपेश खत्रीको षट्कोण आर्ट्सले निर्माण गर्ने भएको हो ।

चलचित्र विकास बोर्डमा ‘महापुरुष’ शीर्षकमा दर्ता हुँदै चलचित्रले निर्माण इजाजत लिएको छ । बोर्ड स्रोतका अनुसार चलचित्रमा रविन्द्रसिंह बानियाँ, कविता सुवेदी र प्रशान्त श्रेष्ठको समेत अभिनय हुनेछ । चलचित्रको छायांकन वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनपछि थालिने निर्देशक भट्टराईले जानकारी दिनुभएको छ । ‘चुनावको माहोल कस्तो हुन्छ, सोहीअनुसार छायांकनमा जाने तयारीमा छौं,’ उहाले भन्नुभएको छ ।

निर्देशक भट्टराईले चलचित्रको शीर्षक परिवर्तन हुनसक्ने पनि बताउनुभयो । ‘महापुरुषबाहेक अन्य दुई टाइटलबारे पनि छलफल भएको छ,’ उहाले भन्नुभयो , ‘केही दिनमै फिल्मबारे औपचारिक घोषणा हुनेछ ।’

जात्रामार्फत निर्देशनमा डेब्यु गनुभएका भटट्राईले यो चलचित्रको निर्माणमा समेत बानियाँसँग सहकार्य गर्नुभएको छ । निर्माताद्वय बानियाँ र खत्री चलचित्र ‘डाकिनी’लाई पनि हलमा रिलिज गर्ने तयारीमा हुनुहुन्छ ।