यी हुन् बर्ष ०७८ का चर्चित लोकगीत

गोपिकृष्ण चापागाईं/ बैशाख, काठमाडौं ।

बर्ष ०७८ मा थुप्रै गीत सार्वजनिक भए । बिशेषतः भिडियो सेयरिङ साइट युटुयुव केन्द्रित भिडियो बन्ने गर्छन् । युट्युवसँगै अन्य प्लेटर्फममा पछिल्लो समय भिडियो हाल्न थालिएपनि अझै नेपालमा युट्युवका लागी मात्र भिडियो निर्माण गर्ने गरिन्छ ।

यसैबिच यहाँ बर्षका चर्चित लोकगीतको चर्चा गर्दछौं । युटयुवमा भ्युजका आधार र सामाजिक सञ्जालको चर्चाको आधारमा कुरा गर्नेहो भने केहि महिना अघिमात्रै सार्वजनिक प्रकाश सपूतको सिर्जना, स्वरमा रहेको ‘पिर’ गीत निकै चर्चामा रह्यो । बिशेषतः जनयुद्धमा लागेका महिनाहरु देहब्यापारमा लागेको देखाइएको एक दृश्यका कारण राजनिति बृतमा चर्चाको बिषय बनेको थियो । त्यसै कारणले पनि उक्त गीतको भिडियोलाई एक सातामै करोड माथिको भ्युज मिलेको थियो । यो नेपाली गीतसंगीतको इतिहासमै युटयुवका लागी छोटो समयमै धेरै भ्युज मिलेको रेकर्ड हो । उक्त भिडियो पछि सम्पादन गरि युटयुवमा पुनः अपलोड गरिएको थियो ।

‘‘भिडियो सेयररिङ साइट युटयुवमा हेर्ने हो भने बर्ष ०७८ मा ९ वटा गीतका भिडियोले करोड माथिको भ्युज पाएका छन् । यस्तै अन्य १० भिडियो करोड भ्युजको नजिक छन् ।’’

यस्तै बर्ष ०७८ को तीज गीत ‘चरी जेलैमा’ यसबर्षका युटयुवमा सर्वाधिक भ्युज पाउने लोकगीत बन्यो । बिशेषतः नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रकी लोकप्रिय गायिका बिष्णु माझिको स्वर र गीत सार्वजनिक भइसकेपछि बिष्णु माझिको जीवनमा आधारीत भन्ने हल्लाकै कारण गीतले १२ दिनमै करोड माथिको भ्युज पाएको थियो । त्यो समयका लागी नेपाली गीतसंगीतको इतिहासमै छोटो समयमा करोड क्लबमा प्रवेश गर्ने गीत बनेको थियो । उक्त गीतले युटयुवमा ३ करोड ४५ लाख माथिको भ्युज पाएको छ । गायिका माझि सार्वजनिक नभएकाले उहाका गीत प्राय सबैजसो चर्चामा आउने गर्छन् ।

अर्को सर्वाधिक चर्चामा आएको गीतमा लोकगीत नै परेको छ । स्वरुप राज आचार्य र लक्ष्मी मल्लको स्वरमा रहेको ‘डाँडा घरे साइली’बालेको गीत निकै हिट भयो । टिपिकल लोकलयमा निर्माण गरिएको गीत र भिडियोले दर्शक तथा स्रोताको मन जितेको थियो । बिशेषतः यो गीत कुनैपनि विवाद बिनानै यो गीतले युटयुवमा ३ करोड १२ लाख माथिको भ्युज पाउन सफल भयो ।

यस्तै अर्को चर्चामा आएको गीत हो ‘कुरा बुझ्न पर्च’ तीज गीत । प्रकाश सपूतको सिर्जनामा तयार भएको गीतमा सान्ती श्री परियार र समिक्षा अधिकारीको स्वर रहेको छ । यो गीतले पनि युटयुवमा २ करोड ८६ लाख माथिको भ्युज पाउन सफल भयो । यस्तै अर्को गीत ‘धनगढीको बसमा’ले पनि दर्शक तथा स्रोताको मन जित्न सफल भयो । यो गीतले पनि युटयुवमा अपलोड भएको ६ महिनामै २ करोड माथिको भ्युज पाउन सफल भयो । गीतमा अमृत सापकोटा, समिक्षा अधिकारी र कमला घिमिरेको स्वर रहेको छ ।

यस्तै एलिना चौहानको स्वरमा सार्वजनिक भएको ‘धोकेबाज हौतिमी’ बोलको लोकपप गीतपनि चर्चामा रह्यो । यो गीतले पनि युटयुवमा ११ महिनाको अन्तरालमा १ करोड ४० लाख माथिको भ्युज पाउन सफल भयो । यस्तै गायिका प्रिती आलेको स्वरमा रहेको ‘सोल्टि राजाको टुप्लेटमा पानी’बोलको गीत पनि सामाजिक सञ्जालमा चर्चामै रह्यो । यो गीतले ९ महिनाको अन्तरालमा युटयुवमा १ करोड ३६ लाख माथिको भ्युज पाएको छ ।

यस्तै बर्ष ०७८ मा गायक प्रकाश दूतराजलाई पनि धेरै दर्शकले चिन्ने मौका पाए । उहाँका सिर्जना निकै हिट भए । जसमध्ये ‘जाम भो माइली’ गीतले करोड माथिको भ्युज पाउन सफल भयो । युटयुवमा अपलोड गरिएको ६ महिनामै १ करोड ३० लाख माथिको भ्युज पाएको छ । यस्तै अर्को गायक खेम सेन्चुरीका लागी पनि बर्ष सुखद र्हयो । उहाँका दर्जनौं गीत मध्ये ‘मन परेको मान्छे’ले युटयुवमा करोड माथिको भ्युज पाउन सफल भयो ।

यस्तै गायक कुलेन्द्र बिश्वकर्मा र गायिका सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको ‘जलजला’ बोलको गीतले पनि युट्युवमा अपलोड गरिएको ६ महिनामै करोड माथिको भ्युज पाउन सफल भयो । नेपाली सांगितीक क्षेत्रमा सार्वजनिक भएका सयौं गीत मध्ये तीज गीत ‘कुरा काटन’, यस्तै अर्को लोकगीत ‘दुई दुना चार’, ‘भन साइला’, ‘काफल कमला’, ‘मेरो पनि हैनर यो देश’ करोड भ्युजको नजिक छन् ।