‘के छ मसँग’ भन्दै नाँचिन् नग्मा

आर्टिष्ट खबर/ बैशाख, काठमाडौँ ।

गायक विश्राम रायामाझीको स्वर रहेको गीत ‘के छ मसँग’ सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच गीत भिडियो सहित सार्वजनिक गरिएको हो । रोमान्टिक शैलीमा तयार गीतमा गायक रायामाझीकै शब्द तथा संगीत छ, भने एरेन्ज मुस्कान मुकारुङको रहेको छ । गीतको भिडियो किरण क्रियसनले निर्माण गरेको छ । जसमा अमृत गुरुङ र नग्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ । एक जोडी प्रेमीप्रेमीकाको कथा बुनिएको भिडियो टेकेन्द्र शाहले निर्देशन गरेका हुन् ।

अमृत शाही ठकुरीको कोरियोग्राफी, अजय रेग्मीको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक टेकेन्द्र शाह आफैले गरेका छन् । कार्यक्रममा गायक दिनेश बान्तवा, गीतकार विपिन किरण लगायतले गीतको सफलताका लागि शुभकामना दिएका थिए ।

गीतको शब्द, संगीत, स्वरका अलवा भिडियोमा पनि धेरै मिहिनेतका साथ तयार गरिएकोले गीत र भिडियो दुबै श्रोता तथा दर्शकले रुचाउने विश्वास आफुले लिएको गायक विश्राम रायमाझीले बताए ।