‘नेपाल ग्रामीण चलचित्र महोत्सव’मा टुल्कीलाई उत्कृष्ट फिचर फिल्मको अवार्ड

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सम्पन्न भएको छ । गोरखा जिल्लाको दुर्गम मानिने धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि शुरु भएको महोत्सव बुधबार सकिएको हो ।सेलिब्रेटी नेपालको आयोजनामा महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक चलचित्र, वृत्तचित्र, सर्टमुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको थियो ।

आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्डसमेत वितरण गरियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङ निर्देशित तथा आइतराम गुरुङ निर्मित गुरुङ चलचित्र ‘फुङ’लाई अवार्ड प्रदान गरियो । त्यस्तै, डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित ‘मकै विवाह’ले अवार्ड प्राप्त गर्यो भने सर्टफिल्ट विधामा केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ले अवार्ड जित्यो ।

सर्वोकृष्ट अभिनेतामा ‘चिसो आत्मा’बाट प्रविन खतिवडा र अभिनेत्रीतर्फ ‘मौन प्रतिशोध’बाट शारदा अधिकारीले अवार्ड प्राप्त गर्नुभयो । उत्कृष्ट फिचर फिल्मतर्फ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशत ‘टुल्की’ले अवार्ड प्राप्त ग¥यो ।

‘स्क्रिन प्ले’तर्फ ‘टुल्की’बाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ ‘टिष्टापारीको साईनो’बाट खिलबहादुर गुरुङले अवार्ड प्राप्त गर्नुभयो । सिन सुमेश श्रेष्ठ निर्देशित सर्टफिल्म ‘मौन प्रतिशोध’लाई जुरी अवार्ड प्रदान गरियो । महोत्सवमा स्थानीयसँग ग्रामीण चलचित्र सम्बन्धि अन्तरक्र्रिया समेत गरिएको थियो । महोत्सवका स्थानीय व्यवस्थापक राज गुरुङ, सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, अभिनेता गजित विष्ट,अभिनेत्री पनाह अधिकारी  लगायतले उत्कृष्टलाई ट्रफी वितरण गर्नुभएको थियो ।

कलाकार रबिन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा रहनु भएको थियो । ३५ चलचित्रमध्ये जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्ड वितरण गरिएको हो ।

नेपाल चलचित्र विकास बोर्डसँगको सहकार्य रहेको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इण्डष्ट्रिज’ रहेको थियो । महोत्सवको डिजिटल पार्टनर डिएआर डिजिटल रहेको छ । आयोजकका अनुसार १ हजार भन्दा बढी दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका थिए ।