कठपुतली हेरेका एकदर्शकले पाए ‘आइफोन १२’

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाली चलचित्रले प्रमोशनका लागी बिभिन्न रणनिति प्रयोग गरिरहेका हुन्छन् । हलसम्म दर्शकलाई ल्याउनका लागी बिभिन्न अफर, योजना ल्याएको पाइन्छ । कतिपय चलचित्रले त्यसो गर्दा दर्शक हलसम्म तान्न सफल हुन्छन् तर कतिपयको दुख खेर जान्छ ।

यसैबिच गएको पुस १५ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कठपुतली’ले दर्शकलाई हलसम्म आकर्षित गर्नका लागि उपहार योजना अगाडि सारेको थियो । चलचित्र हेर्नका लागि सिनेमा हलको काउन्टरबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गर्ने घोषणा गरिएको थियो ।

सोही घोषणा बमोजिम निर्माण टिमले ‘आइफोन १२’ जित्ने विजेताको नाम गोला प्रथाबाट छानेको छ । चलचित्रको टिमले जारी गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेमध्ये धिरज थापाले १ लाख ३० हजार मुल्यको ‘आइफोन १२’ जित्नु भएको छ । मंगलवार चलचित्रका अभिनेता कार्म शाक्यले गोला प्रथाबाट विजेताको नाम घोषणा गर्नुभएको हो । सेल्फी पोष्ट भएको फेसबुक अकाउन्टबाट थापा बुटवलको भएका र उहाले त्यहांको क्युएफएक्स हलमा चलचित्र हेरेको बुझिएको छ ।

विजेता थापाले ७ जनवरीमा साथीहरु गएर बुटवलको हलमा ‘कठपुतली’ हेर्नुभएको थियो । उहाले साथीहरुसहितको टिकटसँग सेल्फी खिचेर फेसबुकमा पोस्ट गर्नुभएको थियो । चलचित्रकी कार्यकारी निर्मात्री तथा लेखक सम्पदा मल्लले विजेता थापासँग सम्पर्क गरेर उपहार हस्तान्तरण गर्ने बताउनु भयो । उहाले विजेता थापालाई उपहार ग्रहण गर्नका लागि आफूहरुसँग सम्पर्क गर्न पनि आग्रह गर्नुभएको छ ।

पृथ्वी राना मगरद्वारा निर्मित तथा भिमसेन लामा निर्देशित चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ ।