सातामा दुईदिन १७५ रुपैयाँमै फिल्मको टिकट

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

साताको बुधबार र बिहीबार चलचित्र हेर्ने दर्शकका लागी न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले छुटको ब्यवस्था गरेको छ । उक्त दिन चलचित्र हेर्ने दर्शकका लागी १७५ रुपैयाँमै टिकट उपलब्ध गराउने भएको हो ।

यसअघि भने टिकटको मूल्य ३५० नै कायम रहेको र अहिले दर्शकको सुबिधालाई ध्यानमा राख्दै छुटको ब्यवस्था गरिएको हलमा प्रबन्ध निर्देशक बिनोद पौडेलले जानकारी गराउनुभयो ।  गत चैत ११ देखि पुनः सञ्चालनमा आएको हलमा अहिले ‘केजीएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रदर्शन भइरहेका छन् । मल निर्माण गर्न भन्दै २०६५ साल भदौमा बन्द गरिएको रञ्जना हल तेलुगू फिल्म ‘आरआरआर’को प्रदर्शनसँगै पुनः सञ्चालनमा आएको थियो ।

पुनः सञ्चालनमा आएसँगै हलमा दर्शकको घुइँचो लागेको थियो । ‘केजीएफ–२’ र ‘आरआरआर’ले उक्त हलबाट राम्रो कमाइ समेत गरेका छन् । राजधानीका बिग मुभिज लगायतका केहि हलमा पनि सातामा एकदिन छुटको ब्यवस्था गरेको पाइन्छ ।