चक्रको ‘चस्मा’ गीतमा अस्मिता र समिरको स्वर

आर्टिष्ट खबर/ बैशाख, काठमाडौं ।

नेपाली सांगितीक बजारमा नयाँ गीत ‘चस्मा’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक तथा संगीतकार चक्र बमको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र समिर आचार्यले स्वर दिनु भएको छ ।

पश्चिमेली पहाडी भाकाको डान्सिङ नम्बरमा चक्रसँगै मोडल कविता न्यौपानेले कम्मर मर्काउनु भएको छ । गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियो आकर्षक बनेको छ । नेपमोलेको निर्माण गरेको यस म्युजिक भिडियोमा सरिता प्रजापतिको शृंगार, सम्झना बुटिकको पहिरण, पवन सुस्लिङको छायांकन र नविन निरौलाको सम्पादन छ ।

गीत रिलिजसँगै निर्माण पक्षले कमेन्ट बक्समा गएर प्रतिक्रिया जनाउने २ सय दर्शकलाई सयको डाटा रिचार्ज गरिदिने व्यवस्था गरेको छ । यो सुविधा पाउन आफ्नो मोबाइल नम्बरपनि कमेन्टमा छोड्नु पर्ने हुन्छ । विदेशमा भएका दर्शकले नेपालमा रहने आफन्तको नम्बर राख्न सक्ने निर्माण पक्षले बताएको छ ।